दिन दहाडै वृद्धाको रकम लुटियो

  • भदौ ८, २०८० | ४१४ पटक पढिएको | सीमा संदेश
alt

बैंकबाट ऋण निकालेर बसमा बसेकी एक वृद्धा नाटकीय ढंगबाट लुटिएकी छन् । सप्तरीको कंचनरुप नगरपालिका ११ ठेलियाकी ६५ वर्षीया मंगलीदेवी चौधरी लुटिएकी छन ।

उनीबाट १ लाख ९० हजार रुपैयाँ लुटिएको पीडित वृद्धाका श्रीमान बसन्त चौधरीले बताए । श्रीमानको उपचार तथा नाती नातिनीको बाँकी बक्यौता विद्यालय शुल्क बुझाउनका लागि उनले बिहीबार कंचनरुप नगरपालिकास्थित मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडमा जग्गा धितो राखेर १ लाख ९० हजार रुपैयाँ ऋण निकालेकी थिइन् । सो रकम झोलामा राखी उनी काम विशेषले सदरमुकाम राजविराज पुग्न विष्णु ट्राभल्स नामक बसमा चढेकी थिइन् । वृद्धा चौधरीका अनुसार वित्तीय संस्थाबाट रकम लिएर बसमा चढ्दासम्म अपरिचित दुई÷तीन जनाले पछ्याएका थिए । आफू चढेको बसमा ती अपरिचित युवाहरु चढेको उनले सुनाइन् ।

बीच बाटोमै बडो चलाखीपूर्ण तरिकाले आफूलाई थाहै नहुने गरी झोला काटेर ती रकम निकालेर लगेको उनले प्रहरी समक्ष रुदै सुनाइन् । आफू रुपनी चोकमा बसबाट ओर्लिएपछि झोला चेक गर्दा मात्र रकम लुटिएको थाहा पाएको उनले सुनाइन् । उनी त्यही रित्तो झोला बोकेर बिहीबारै साँझ जिल्ला प्रहरी कार्यालय पुगेर प्रहरी अधिकारीहरुलाई रकम पत्ता लागाई दिन गुहार गरेकी छन ।

श्रीमानको उपचार तथा नाती नातीनिको विद्यालय शुल्कका लागि बैंकबाट निकालिएको ऋण लुटिएपछि बिचल्लीमा परेको सुनाउँदै उनले अब श्रीमानको उपचार र नाती नातीनीको विद्यालय शुल्क कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गरेकी छन् । व वृद्धाको बयानको आधारमा अपराधी पत्ता लगाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब