उपभोक्ता समितिको बदमासीले नालामा खसेर दुई वर्षीय बालकको ज्यान गयो

  • भदौ २९, २०८० | ४८८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, भदौ २९ गते । जनकपुरधाममा ठेकेदारले लापरबाही खुल्ला छाडेको सडकको नालामा खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखिया छन् ।

बिहानै उठेर साढे ६ बजे घर अगाडी खेलिरहेका बालक छेउको नाला (चेम्बर)मा खसेका थिए । परिवारजनले खोजविन गरेपछि मुख तल र खुट्टा मात्रै थोरै देखिएको अवस्था भेटिएको स्थानीय अम्रिता मण्डलले बताइन् । निकाल्दा बच्चाको मृत्यु भइसकेको थियो ।

स्थानीय नथुनी मण्डलका अनुसार मधेश प्रदेश सरकारको बजेटमा दुई वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन लगाइएको छैन । ठेकेदार र उपमहानगरपालिकाकालाई पटक पटक ढक्कन लगाउन आग्रह गर्दा पनि अहिलेसम्म नलगाइएको र बच्चा त्यसको सिकार भएको स्थानीयले बताए । बच्चाको मृत्युुले गाउँ शोकमग्न बनेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब