नवराजपुरमा एक महिलाको शव भेटियो

  • भदौ ३१, २०८० | ४९३ पटक पढिएको | सीमा संदेश
alt

 नवराजपुर, ३१ भाद्र । सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । नवराजपुर गाउँपालिका-५ देवनगरकी २१ वर्षीया प्रेमदेवी यादवको शव शनिबार साँझ आफ्नै घरमा फेला परेको हो ।

शव फेला परेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पतारीका प्रहरी निरीक्षक गोविन्द लाल कर्णको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घटनाको प्रकृति हेर्दा शंकास्पद रहेकाले घटना कसरी भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने प्रहरी निरीक्षक कर्णले बताए ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-३ चनर यादवकी छोरी प्रेम कुमारी यादव र नवराजपुर गाउँपालिका-५ देवनगर टोलका बद्री यादवको छोरा सुरेश यादवबीच २०७९ फागुन २६ गते मागी विवाह भएको माइती पक्षले जनाएको छ । विवाहको एक वर्ष नबित्दै विभिन्न प्रकारको यातना दिँदै आएको भन्दै माइती पक्षले यो आत्महत्या नभइ हत्या भएको हुन सक्ने आरोप लगाएको छ ।

मृतकका श्रीमान रमेश यादव र जेठानी फरार रहेको प्रहरी निरीक्षक कर्णले बताए । मृतक यादवको शव पोस्टमार्टमक‍ा लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब