असोज ३ कसैको लागि कालो दिन त कसैको लागि उत्सवको दिन । नेपाली मधेसी समाजले यसलाई कालो दिन नै मनाउनु पर्ने कारणहरु मध्ये यो संविधान पारित भएको दिन लगभग ८० प्रतिशत जनताको नेतृत्व गर्ने प्रतिनिधिहरु चोरी छुपी आफ्नो उस्थिथिति र सहि गरेको देखियो।
किनभने त्यो दिन मधेसी लगाईतका जनतहरु कालो दिन अर्थात दबिअपयगत दिनको रूपमा मनाए र धेरै जसो नेताहरु जो मधेसी जनताकै भोट बाट संविधान सभा सद्स्य बने तर आफ्नो जनता कालो दिन मनाउदा पनि आफू पार्टीको हुईप मानी नसलवादीको दास्ता स्वीकार गरे।
संविधान देशको मुल कानुन हुन्छ। यदि मुल कानुन मै एकल बर्गको शासन रहने गरि सबै प्रावधान बनाईयो भने यसलाई कसले मानने । यस संविधानमा के लेखिएको छ भने नेपालको सार्बभौमसत्ता र राजकियसता जनतामा निहित रहेको छ। यहा निर प्रशन हुन सक्छ को जनता ? र कुन जनता ? किनभने यो संविधान जारी गर्ने बेला मधेसी लगाईतका ८०% जनता माथि दमन र ताकि ताकी टाउकोमा गोलि हानने कार्य गरि बलपुरबक जवरजस्ति मधेसी लगाईतको जनता माथि लाद्ने काम गरियो। त्यस कारण यसलाई कालो दिन नै मनाउन पर्दछ।
मुलरुपमा धेरै अधिकारको कुरा बर्तमान संविधानमा लेखिए पनि भित्री मनसाय
आन्तरिक उपनिवेस नै हो। आन्तरिक उपनिवेसको राजनिती , आर्थिक एवं सामाजिक पक्ष साम्राज्यवाद सङग मिल्दोजुल्दो भए पनि मुलतः संस्कृतिक दबदबाले गर्दा उपनिवेसका बासिन्दाहरुको सम्मान जोखिममा पर्ने गर्दछ। सम्मानको क्षय (यिकक या मष्नलष्तथ ) बाट उत्पनन निरिहिताले गर्दा उपनिबेसका बासिन्दाहरु सङघ्रस गर्ने शक्ति पनि गुमाउछ्न। त्यसैले मधेसिहरुको मुक्तिको प्रशन मुलतः समानको पुर्नस्थापनादुरा गरिनुपर्ने हुन्छ।
यो संविधानदौरा मधेसि थारु लगाईतका बर्गलाई आर्थिक सोसन सामाजीक बहिस्करन , राजनितिक नियुनिकरन एवं सान्सकृतिक वर्चसदुरा आन्तरिक ओपनिबेसिकरणको अर्थ राजनिती स्थापित गरिएको छ। यस्तो अवस्थाको अन्त्य कसरि हुन्छ त ? प्रसन गमभिर भएकाले मधेसीहरु अन्योलमै छ्न। तर , सबाल सामान्य बिभेदको सम्स्या मात्रै नभएर आन्तरिक ओपनिबेसिकरणको हो भने मुलभुत मान्यता स्वीकार नगरेसम्म सहज समाधान सम्भव छैन।
मधेस बिद्रोहले आन्तरिक उपनिवेसवादको मुद्दालाई सतहमा ल्याएको मात्रै हो। आर्थिक उननती , सामाजिक उत्थान सान्स्कृतिक जागरन एवं सहरिकरन , औद्योगिकरण तथा आधुनिकरन जस्ता प्रकिर्याले समताको सन्सकृतिलाई अगाडी बढाउने गर्द्छ। अमेरिका जस्तो देशमा द्दठ पटक संविधान सनसोधन गरि आन्तरिक दोन्द व्यवस्थापन गरेको इतिहास छ। अन्तिम र सबैभ्न्दा शान्तिपुर्न बाटो सङ्घयता हुन्छ तर त्यस्को लागि पनि मधेसीहरु बलि दिएर सङधियता सहितको व्यवस्था निर्माण गर्न बाध्य गरायो।
हामीले के बुझियो भने नेपालमा सङ्घयता प्रसासनिक सहजताका लागि नभएर आन्तरिक उपनिवेसवादको अन्तका लागि ल्याईयो तर यो बुझाई गलत रहियो। त्यसकारण आन्तरिक औपनिबेसीकरणका मुल्य , मान्य्ता संरचना एवं व्यवहारको समाप्तीबेगर मधेसीहरुको लागि उत्सवको दिन मनाउने सम्भब देखिदैन।
त्यस अर्थमा नेपालको संविधानको राज्य पुनर्सरचना कार्यसुचिलाई ब्यापक अर्थमा बुझन जरुरी छ। तस्र्थ हामी मधेसी जनजातीले उत्स्वको दिन वा संविधान दिबस मानाउने कुनै तुक छैन । आजको दिन लाई हामी कालो दिन नै मानने र मनाउने हो। जनमत पार्टी राष्ट्र परिषद सदस्य तथा प्रतिनिधि सभा प्रत्यासी उमेदवार सिरहा क्षेत्र नम्बर ३
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved