लाखौं विद्यार्थीको पठनपाठन प्रभावित हुँदै

  • असोज ४, २०८० | ४१५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । शिक्षकहरूको आन्दोलनले आजदेखि देशभरका विद्यार्थीको पठनपाठन प्रभावित हुने भएको छ । विद्यालय बन्द हुने हो भने लाखौं विद्यार्थीको पठनपाठन प्रभावित हुनेछ । 

‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरोधमा बुधबारदेखि शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् । ७७ वटै जिल्लाका सामुदायिक विद्यालयबाट हजारौँ शिक्षक काठमाडौं आइपुगेका छन् ।

महानगरको अवज्ञा गर्दै काठमाडौंका शिक्षक आन्दोलनमा जाने

नेपाल शिक्षक महासंघले आन्दोलनको नेतृत्व गरेको छ । बुधबार काठमाडौंको माइतीघर हुँदै संसद् भवन नयाँ बानेश्वर पुगेर फर्किएको शिक्षकको र्‍याली माइतीघरमा नै फर्किएर कोण सभामा परिणत भएको थियो । उक्त र्‍यालीमा हजारौं शिक्षकको सहभागिता थियो । 

शिक्षक सडकमा, पढाइ के हुन्छ ?

आफूहरूले राखेका माग पूरा गर्न शिक्षा, कानुन र अर्थमन्त्रीस्तरीय वार्ता हुनुपर्ने उनीहरूको माग छ । विद्यालय बन्द नै गरेर आन्दोलनमा आउन महासंघको आह्वान गरेको थियो । 

शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा सरकारले वार्ता आह्वान गरे पनि शिक्षा मन्त्रालयसँग मात्रै बस्नुको औचित्य नरहेको भन्दै महासंघ वार्तामा बस्न मानेको छैन ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब