गणेशको मूर्ति विसर्जन गर्ने क्रममा झडप, गएरातिदेखि कर्फ्यु लागू

  • असोज ५, २०८० | ४०० पटक पढिएको | सीमा संदेश
alt

सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदायबीच तनाब बढेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । प्रशासनले बिहीबार राति १० बजेदेखि मलंगवा बजार क्षेत्रमा अनिश्चित समयका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्म लागि ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन् ।
सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोल पम्म) कर्फ्यु आदेश जारी गरिएको हो ।

कर्फ्यु सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न र कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नगर्न प्रशासनले आग्रह गरेको छ । आदेशको उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

बिहीबार साँझ गणेशको मुर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएको हो । त्यस क्रममा एक युवकमाथि छुरा प्रहार भएको छ । युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
केही दिन अघि मात्र कृष्णष्टमीको मुर्ति सेलाउने क्रममा सोही वस्तीमा दुबै समुदायबीच झडप भएको थियो । त्यस क्रममा स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो ।

image-17-687x1024

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब