देवीको नयाँ मुकुट जडानले हल्लीखल्ली

  • असोज ५, २०८० | ४४४ पटक पढिएको | सीमा संदेश
alt

छिन्नमस्ता भगवती मन्दिरमा रहेको देवीको मूर्तिमा पुरानो मुकुट झिकेर दाता परिवारसमेतको नाम लेखिएको नयाँ मुकुट जडान गरेपछि व्यापक विरोध भएको छ ।

एक किलो ५० ग्राम तौल भएको पुरानो मुकुट झिकेर विहीबार छिन्नमस्ता भगवती मन्दिर समितिले दाता परिवारसमेतको नाम लेखिएको नयाँ मुकुट जडान गरिएपछि विरोध सुरु भएको छ ।

दाता परिवारका कृष्ण मुरारी प्याकुरेल, गोपीराज प्याकुरेल, राधा प्याकुरेल र शंकर प्याकुरेल गरी चार जनाको नाम कुँदेर भगवतीको मूर्तिमा नयाँ मुकुट जडान गरिएको छ । नयाँ मुकुटको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । पुरानो मुकुट झिकेर नयाँ मुकुट जडान गरी करोडौं श्रद्धालुको आस्थासँग खेलवाड गरेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले आफूलाई समेत जानकारी नदिइ एकतर्फी ढंगले समितिले मुकुट हेरफेर गरेको भन्दै आक्रोश पोखेका छन् । उनले सो त्रुटि तत्काल सच्याउन समितिलाई कडा निर्देशन दिएको बताए । “आफू खुशी माताको मुकुट परिवर्तन गरी समितिले करोडौं श्रद्धालु भक्तजनको आस्थामाथि चोट पु¥याउने काम गरेको छ, उनले भने–यसलाई तत्काल सच्याउन मन्दिर नै पुगेर समितिलाई कडा निर्देशन दिएको छु ।” उनले गाउँपालिकाकै पहलमा पुरानो मुकुटलाई सुन्दरता प्रदान गरी शुक्रबार साँझ ५ बजेभित्र मन्दिरमा पुनस्र्थापित गरिने तयारी गरिएको समेत जानकारी दिए ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरले पुराना मुकुटमा चिरा परेका कारण दाता पक्षकै अनुरोधमा नयाँ मुकुट जडान गरिएको बताए । यद्यपि यसको व्यापक विरोध भएकाले शुक्रबार क्षमा पूजासहित पुरानै मुकुट लगाउने निष्कर्षमा समिति पुगेको उनले जानकारी दिए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब