धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा परेर एक बालकको मृत्यु

  • असोज ७, २०८० | ३७४ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका–१ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो छन् ।

शनिबार दिउँसो साथीहरुसँगै बिगही खोलामा खेल्न गएका थिए । त्यहाँ ढुंगा–गिट्टी उत्खनन् गर्नका लागि खनिएको खाल्डोमा जमेको पानीमा उनीहरु नुहाउन खोजेका थिए । त्यहीबेला चिप्लिएर खाल्डोमा खसेका उनी लामो समयसम्म बाहिर ननिस्केपछि सँगै गएका उनका साथीहरुले स्थानीयलाई बोलाएका थिए ।

स्थानीयले खाल्डोबाट बाहिर निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।

बटेश्वर गाउँपालिकाको कार्यालयले तीन वर्ष अघि सो खोलाबाट ढुंगा–गिट्टी उत्खनन गर्न ठेक्का लगाएको थियो । पछि ठेक्का रद्द गरिए पनि ठेकेदारले लुकीचोरी डोजर लगाएर उत्खनन जारी राखेका थिए । त्यही क्रममा खोलामा खनिएको ठूलो खाल्डोमा पानी जमेको छ । सोही खाल्डोमा परेर बटेश्वर गाउँपालिका–१ का धिरज कुमार महतोको ज्यान गएको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब