समाजको गाली खाँदै बालविवाह रोकथाममा लागिरहेकी मुस्लिम समुदायकी शाहिदा

  • असोज २८, २०८० | ३४७ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशको जनकपुरधाम घर भएकी साहिदा खातुन बालविवाह रोकथामका लागि काम गर्दै आइरहेकी छिन्।

उनी आफू मुस्लिम समुदायकी हुन्। मुस्लिम समुदायमा प्रायजसो कम उमेरमै छोरीहरुको विवाह गरिदिने, छोरीलाई धेरै नपढाउने प्रवृति रहेको हामीले सुन्ने गरेका छौं। साहिदा भने यही समुदायमा रहेर पनि बालविवाह विरुद्ध काम गरिरहेकी छिन्। उनले यस क्षेत्रमा काम गर्न सुरु गरेको ३ वर्ष भयो। यो ३ वर्षमा प्रत्यक्ष, अप्रत्यक्ष माध्यमबाट करिब २० वटा भन्दा धेरै बालविवाह रोक्न उनी सफल भइसकेकी छिन्। साहिदाले जब एसएलसी पास गरिन् तब उनका बुबाले उनलाई अब नपढाउने निणय गरे। ‘जब मैले एसएलसी पास गरे तब मलाई पापाले अब तिमी नपढ। तिमीलाई धेरै पढाएँ भने समाजमा मेरो इज्जत जान्छ भन्नुभयो। तर मैले पढ्ने जिद्दी छोडिन। त्यसपछि पापाले पढ्नको लागि पैसा दिन्न जे गर्छौं गर भन्नुभयो’, उनी भन्छिन्, ‘त्यसपछि मैले भने कि हुन्छ त्यसो भए म आफैँ पैसा जुटाउँछु, जसरी पनि पढ्छु भने।’

त्यसपछि उनले १०० रूपैयाँमा ट्यूसन पढाउन थालिन् । यसबाट बचेको पैसाले उनले कक्षा ११÷१२ सम्म पढिन्। थप शिक्षाको लागि उनीसँग पैसा थिएन तर उनमा पढ्ने इच्छाशक्ति थियो। उनले हार मानिनन् र काम खोज्न थालिन्। त्यहीबीचमा उनले ७ वर्ष स्कुलमा पढाउने काम गरिन्। त्यसपछि उनले एक एनजीओमा काम गर्ने अवसर पाइन्।

सुरुमा उनी अन्य कामको लागि गए पनि उनको काम देखेर कम्पनीले उनलाई बालविवाह रोकथामको लागि काम गर्न भन्यो। उनी भन्छिन्, ‘यो सुन्नासाथ म एकमदै खुसी भएँ। किनकि हाम्रो समुदायमा बच्चामा नै विवाह गरेर पठाइदिहाल्छ नि त।‘ मुस्लिम समुदायमा रहेर बालविवाह रोकथाममा काम गर्नु उनको लागि आफैँमा चुनौती थियो। तर उनले त्यसलाई आफ्नो कर्तव्य ठानिन।

काम गर्दै जाँदा थुप्रै चुनौतीहरु भोगेको उनी बताउँछिन्। ‘चुनौती त मैले धेरै भोगेको छु। यतिसम्म हुन्छ कि जब म कुनै अन्य समुदायमा जनचेतनामुलक कार्यक्रम गर्नको लागि भनेर जान्छु, बोल्दाबोल्दै पानी प्यास त लाग्छ नि त त्यस्तो बेला पानी माग्यो भने छैन पानी, हामीसँग मुस्लिमलाई किन पानी दिनु, हाम्रो त नाक जान्छ भनेर त्यस्तो भन्नुहुन्छ,’ उनी भन्छिन्, ‘उहाँहरुले आफूले त पानी दिनुहुन्न नै, पानी किनेर खान्छु भन्दा पनि पाइँदैन, दिनु हुँदैन। अनि म पानी पनि खान नपाई त्यहाँबाट फर्किनुपर्छ, त्यस्तोबेला चाहिँ नराम्रो लाग्छ।’ समाजका अन्य व्यक्तिहरुले गर्ने यस्तो व्यवहारबाट साहिदा कति पति पछि हट् िदनन् बरु अझै दरिलो भएर काममा लाग्छिन्। ‘अघिसम्म मलाई गाली गरिरहेको हुन्छ तर म त वास्ता गर्दिन नि आफ्नो काम गरिरहन्छु भोलिपल्ट फेरि त्यहीँ ठाउँमा जान्छु र अर्को कार्यक्रम गरेर आउँछु। मानिसहरुले मलाई जिद्दी बच्चा छ भनेर पनि भन्छन् तर त्यो त मेरो काम हो नि। अनि म भनिहाल्छु कि हो म त फेरि आएँ किनकि तपाइलाई पनि यो कुरा बुझाउन जरुरी छ नि कि बालविवाह गर्न हुँदैन भनेर भन्छु।’ जातकै कारण उनले विभेद भोग्नु परेको गुनासो उनी सुनाउँछिन्।

उनी भन्छिन्, ‘मेरो जातसँग के सरोकार छ र मान्छेलाई मैले मेरो काम गरेको छु, तै पनि मानिसहरु मेरै कुरा काटेर बस्छन्। गाली गर्छन्।’ अफिसमा भने जातीय विभेद नभएको उनी बताउँछिन्। कुनै समुदायमा जाँदा आफ्नो ज्यानको नै खतरा हुने अवस्था आएमा उनले अफिससँग सहकार्य गरेर नै काम गर्ने गरेकी छन्। ‘हाम्रो अफिसमा चाहिँ त्यस्तो जातीय विभेद छैन। समुदायमा काम गर्न जाँदा मात्रै हो समस्या हुने,’ उनी भन्छिन्, ‘तर म त जिद्दी छु जति भने पनि आफ्नो काम र कर्तव्य बिर्सिदिनँ।’

कुनै बालविवाह उनी आफैले रोक्न नसक्ने अवस्था सिर्जना भएका अफिसले अन्य संघ संस्था वा सरोकारवालाहरुको सहकार्यमा मिलेर उक्त बालविवाहलाई रोक्ने गरेको उनी बताउँछिन्। यसरी पटक पटक बालविवाह रोक्दा जनप्रतिनिधिहरुबाटै पनि ‘तैँले मेरो भोट घटाइदिस् भनेर गालीसमेत गर्नुहुन्छ। जबकि उनीहरुको काम मैले गरिरहेकी छु त्यैपनि उल्टै मलाई नै गाली गर्छ।‘ व्यक्तिगत रुपमा बालविवाह रोकथामको काम गरिरहेको भए पनि स्थानीय तह, जनप्रतिनिधि लगायतले भने आफूहरुलाई सहयोग नगरेको उनी बताउँछिन्।

सुरुका दिनहरुमा परिवारको सहयोग कमै भएको भएपनि हाल भने उनले परिवारबाट राम्रै साथ र सहगोग पाइरहेको बताउँछिन्। ‘सुरुका दिनहरुमा उहाँहरुले पनि नबुझेर त्यति खुलेर साथ दिनुभएको थिएन तर अहिले त भन्नु हुन्छ कि हामी तिम्रै नामले चिनिएका छौं। जे गरिरहेको छौं राम्रो गरिरहेको छौं अझै राम्रो गर भनेर भन्नुहुन्छ। राम्रो साथ दिनुभएको छ।’

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब