जनताको पक्षमा काम गर्न अझै सुधारको आवश्यकता : पूर्वराष्ट्रपति यादव

  • कार्तिक २, २०८० | २६८ पटक पढिएको | सीमा संदेश
alt

पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा परिवर्तन आए पनि जनताको पक्षमा काम गर्नका लागि केही सुधारको अझै आवश्यकता रहेको बताएका छन् ।

बुधबार राजविराजमा आयोजित वरिष्ठ राजनीतिज्ञ एवं गणतान्त्रिक आन्दोलनका अग्रणी नेता खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोह कार्यक्रममा उनले यस्तो बताएका छन् । तराई मधेशमा अहिले पनि दाइजो प्रथा कायमै रहेको, गर्नुपर्ने काममा खर्च नगर्ने तर, नगर्नुपर्ने काममा खर्च गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले यस्ता कुराहरुमाथि पनि सुधारको आवश्यकता रहेको औंल्याए । उनले कुनै पनि राजनीतिक दल चुरे जोगाउन र पानीको स्रोत संरक्षण गर्नेतर्फ गम्भीर नभएको समेत बताए । उनले काँग्रेस, एमाले, माओवादी तथा मधेशवादी सबै दलहरु चुरे जोगाउन उदासीन रहेको बताउँदै अब पनि चुरेको संरक्षण नगरिए पानी बिना माछा झै अवस्थामा पुग्ने जनाए ।

मधेश सुनको भूमि भएको बताउँदै उनले पटक पटक आफूले चुरे भावर र जंगल क्षेत्र जोगाउन आग्रह गरिरहँदा पनि सरकार र दलहरु गम्भीर हुन नसकेकोमा खिन्नता प्रकट गरे । २००७ सालदेखि ६२ को जनआन्दोलसम्मको सम्पूर्ण क्रान्तिमा वरिष्ठ राजनीतिकर्मी खुशीलाल मण्डलको सक्रिय योगदान रहेकोमा उनलाई आफूले नागरिक अभिनन्दन गर्न पाएकोमा खुशी व्यक्त गरे ।

आम नेपालीमा सकारात्मक सोच आवश्यक भएको बताउँदै नेपाली राजनीतिको जिउँदो इतिहास मण्डल भएको चर्चा समेत गरे । पूर्वसभामुख दमननाथ ढुंगानाले खुशीलाल मण्डल लोकतन्त्रको पक्षमा अटल योद्धाको रुपमा रहेको भन्दै प्रजातन्त्र प्राप्तिको आन्दोलन र उनको निष्ठा अनुकरणीय रहेको बताए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीका सांसद डा. सीके राउत, दिनेशकुमार यादव, नवलकिशोर साह, शेखरकुमार सिंह, मधेश प्रदेश सांसदहरु जितेन्द्र सोनल, ललिता विद्रोही तत्मा, जिल्ला विकास समितिका पूर्वसभापति बीरबल बिराजीलगायतले पनि मण्डलको योगदान बारे प्रकाश पारेका थिए । सप्तरी–सिरहा नागरिक समाजद्वारा आयोजित कार्यक्रममा समाजका अध्यक्ष रामरिझन यादवले मण्डलको व्यक्तित्व बारे लेखिएको “कर्मवीर योद्धा खुशीलाल मण्डल अभिनन्दन ग्रन्थ” पुस्तककोसमेत विमोचन गरिएको थियो ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब