वन्यजन्तु र मानवबिचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : मन्त्री महतो

  • कार्तिक ३, २०८० | ३४४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा मन्त्री महतोले राष्ट्रिय प्रकृति संरक्षण कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।

वन तथा वातावरणमन्त्री महतोले जीवनजन्तु बढाउँदै गर्दा कृषकको लागि बाँदर, हात्ती, बँदेल लगायतका जीवजन्तुबाट समस्या सिर्जना भएकाले त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता रहेको पनि बताए ।

‘हामीसँग भएका संस्थालाई सुरक्षित र सक्रिय गरेर मन्त्रालयसँग सहकार्य गरेर अघि बढ्न सके पर्यटनस्थलको विकास गर्न सकिन्छ । पर्यटकहरू बढाउन सकिन्छ । संसारमा नभएका जीवजन्तुहरू हाम्रा सम्पती हुन्, ती हेर्न पर्यटक आउनेछन् । यसले आर्थिक समृद्धिमा ठूलो टेवा पुग्नेछ,’ उनले भने, ‘आउने दिनमा हामीसँग एउटा ठूलो चुनौती भनेको वन्यजन्तु र मानवबिचको द्वन्द्व हो । यसमा पनि सकेसम्म धेरै ठाउँबाट सहयोग गरेको छ, मन्त्रालयसँग मिलेर सहकार्य गरेको छ । अझै पूर्ण संरक्षण गर्न सकेका छैनौँ । जीवजन्तु बढाउँदै गर्दा कृषकको लागि बाँदरको समस्या, हात्तीबाट जिउधनको क्षति हुने समस्या छ, अन्य जीवजन्तुबाट कृषकले समस्या पाइरहेका छन्, यसमा सबै मिलेर समाधान गर्नुपर्छ ।’

मन्त्री महतोले जीवजन्तुबाट कृषकले पाइरहेका समस्या समाधानका लागि आवश्यक पहलका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताए ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब