शिल्पा शेट्टीले छाडेकी हुन् पतिको साथ ? राज कुन्द्राले सामाजिक सञ्जालमा गरे यस्तो खुलासा

  • कार्तिक ४, २०८० | ४६७ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका व्यवसायी पति राज कुन्द्रा लामो समयदेखि चर्चामा छन् । एडल्ट फिल्म निर्माणको मामलामा राज कुन्द्रा पक्राउ परेपछि सुरु भएको चर्चाको सिलसिला फिल्म ‘युटी-६९’ सम्म जारी छ । चर्चाका विषय भने समय समयमा फरक हुँदै आएको छ । ‘युटी–६९’ दुवैले निर्माण गरेको फिल्म हो । केही दिन अगाडि फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । जसले राम्रो चर्चा बटुल्यो । 

अहिले भने राजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी अलग भयौँ । यो कठिन घडीको यात्रामा हामीलाई समय दिनुहोस् ।’ पोस्टमा राज शिल्पाको नाम कहीँ पनि उल्लेख गरेको छैनन् । शिल्पाको नाम उल्लेख नगरिएको राजको पोस्टले सबैलाई आश्चर्य चकित तुल्याएको छ । उनको पोस्ट सामाजिक सञ्जालमा भाइरल छ ।

राजको यो पोस्टलाई केही मानिसले फिल्म ‘युटी–६९’सँग जोडेर हेरेका छन् । ‘युटी–६९’ राज कुन्द्राको अर्थर रोर्ड जेलमा बिताएको दिनको कथा छ । एडल्भ फिल्म बनाउने आरोपमा राज २०२१ मा गिरफ्तार भएका थिए ।

शिल्पा र राजले २००९ मा विवाह गरेका थिए । उनीहरूको विवाह भएको १४ वर्ष पुरा भयो । उनीहरूको एक छोरा र एक छोरी छन् । राजको पछिल्लो पोस्टले फ्यानलाई अचम्ममा पारेको छ । मानिसहरू उक्त पोस्टलाई लिएर विभिन्न अनुमान लगाएका छन् ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब