नेपालले १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि जित्यो

  • कार्तिक ७, २०८० | ४३२ पटक पढिएको | सीमा संदेश
alt

नेपालले यूएईलाई हराउँदै एसीसी १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि जितेको छ । यूएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । जितको लागि एक सय ९८ रनको विजयी लक्ष्य पछ्याएको यूएई २६ ओभर ५ बलमा १ सय ७८ रन बनाएर अल आउट भयो ।

जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा यूएईले २७ ओभरमा १ सय ९८ रनको लक्ष्य पाएको थियो ।

यूएईका ध्रुव पराशरले ४९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए । कप्तान आयन खान २४ बलमा १ चौका र २ छक्कासहित ३० तथा अर्यांश शर्मा ३७ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । अरु कुनै पनि यूएईका ब्याटरले राम्रो गर्न सकेनन् ।

नेपालका आकाश त्रिपाठीले ५ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । सुवास भण्डारीले ५ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले २ र हेमन्त धामीले एक विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनाएको थियो । 

नेपालको जितमा देव खनालले ९२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए । कमजोर शुरुवात गरेको नेपाललाई अर्जुन र देव मिलेर तेस्रो विकेटका लागि एक सय ३२ बलमा एक सय २५ रनको शतकीय साझेदारी गरेका थिए ।

ओपनर दीपक बोहरा ५ र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए । दीपक डुम्रे २८ रनमा आउट भए । पाँचौँ विकेटका लागि उत्तम र दीपक डुम्रेल ५८ रनको साझेदारी गरेका थिए । यूएईका तीव्र गतिका बलर हरित शेठ्ठीले ५ विकेट लिए ।

कप्तान आयन खानले २ विकेट लिए । नेपाल एसिया कपमा पनि छनोट भएको छ । नेपाल, यूएई र जापान प्रिमियर कपबाट एसिया कपको लागि छनोट भएका हुन् । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब