नवजात शिशुको हत्या प्रयास, सुत्केरी आमा पक्राउ

  • कार्तिक ९, २०८० | ४२० पटक पढिएको | सीमा संदेश
alt

दाङमा नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमा पक्राउ परेकी छिन् । लमही नगरपालिका-७ कप्तानगञ्ज निवासी २५ वर्षीया निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले नवजात शिशुको घाँटीमा प्रहार गरेको पाइएको छ । आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । 

घाइते शिशुलाई उपचारको लागि लमही अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको छ ।  

सुत्केरी आमाले आफूले जन्मदिएको शिशुको हत्या प्रयास किन गरिन् भन्नेबारे खुल्न बाँकी छ । आमामा केही दिनदेखि झोक्रीने, टोलाउनेजस्ता समस्या देखिएको थियो ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब