भारतको अपराजित यात्रा कायमै, इंग्ल्यान्ड १०० रनले पराजित

  • कार्तिक १३, २०८० | ५५४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । घरेलु मैदानमा आईसीसी एकदिवसीय विश्वकपमा भारतले लगातार छैटौँ जित निकालेको छ । आइतबार लखनउस्थित एकाना क्रिकेट रंगशालामा भएको खेलमा भारतले साविक विजेता इंग्ल्यान्डविरुद्ध १०० रनको फराकिलो जित निकालेको हो ।

भारतविरुद्ध ब्याटिङमा निरिह देखिएका इंग्ल्यान्डका लियम लिभिङस्टोनले २७ रन बनाए । डेविड विली र डेविड मलानले समान १६ रन जोड्दा मोइन अलीले १५ रन थपे ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका मोहम्मद सामीले चार विकेट लिए । सात ओभर बलिङ गरेका सामीले दुई मेडन राख्दै २२ रन खर्चिए । जसप्रित बुमराहले तीन विकेट लिए । कुलदीप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२९ रनको योगफल खडा गरेको थियो ।

भारतका कप्तान रोहित शर्माले १०१ बलमा १० चौका र तीन छक्कासहित ८७ रन बनाए । ४०–३ को कठिन अवस्थामा रहँदा चौथो विकेटका लागि केएल राहुलसँग ९१ रनको साझेदारी गर्दै रोहितले भारतको इनिङ सम्हालेका थिए । राहुलले ३९ रन थपे । यस्तै, सुर्यकुमार यादवले ४९ रन बनाएपछि भारत सम्मानजनक योगफलसम्म पुगेको हो । जसप्रित बुमराहले १६ रन थपे ।

इंल्यान्डका डेविड विलीले तीन विकेट लिए । १० ओभर बलिङ गरेका विलीले दुई मेडन राख्दै ४५ रन खर्चिए । क्रिस वोक्स र आदील रासिदले समान दुई विकेट लिए । मार्क उडले एक विकेट हात पारे ।

अक्टोबर ५ देखि सुरु भएको प्रतियोगितामा भारत हालसम्म अपराजित छ । ६ खेलबाट १२ अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ । यता, विश्वकपमा खराव लयबाट गुज्रिरहेको साविक विजेता इंग्ल्यान्ड भने ६ खेलबाट दुई अंकसहित तालिकाको पुछारमा छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब