बृहत्तर जनकपुर क्षेत्र विकास परिषद खारेज हुने

  • कार्तिक १५, २०८० | ३६१ पटक पढिएको | सीमा संदेश
alt

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद गम्भीर विवादमा रहेको बेला संस्था नै खारेज गर्न अर्थ मन्त्रालयले निर्णय गरेको छ ।

अर्थ मन्त्री स्तरीय निर्णयबाट बृहत्तर खारेज गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार समेत गरिसकिएको छ । अर्थ मन्त्रालयले पर्यटन, संस्कृति मन्त्रालयलाई पठाएको पत्रमा ‘स्थापनाको उद्देश्य अनुरुप केही काम नभएको’ उल्लेख गरिएको छ । त्यसैगरि अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहले बृहत्तरको अपनत्व र स्वामित्वसमेत नलिएको पर्यटन मन्त्रालयलाई जनाउ दिएको छ । दुईवटा प्रमुख कारण उल्लेख गर्दै अर्थ मन्त्रालयले खारेज गर्ने निर्णयको जनाउ पर्यटन मन्त्रालयलाई दिइएको छ ।

मन्त्रालयले जनकपुर क्षेत्रको विकासमा स्थानीय तह र प्रदेश तहले काम गर्नसक्ने अर्थ मन्त्रालयले भनेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कर्मचारीहरुले तलव, सुविधा पाएका छैनन् । बृहत्तरको तलव, सुविधा लगायतका सम्पूर्ण बजेट रोक्का गरिएकाले कर्मचारीहरु तिहार र छठमा समेत तलव पाउने सम्भावना न्यून रहेको छ । बृहत्तरमा हाल २२ जना कर्मचारी कार्यरत छन् । त्यसमध्ये २१ जना कर्मचारीले हस्ताक्षर गरी संस्थाका अध्यक्ष शितल साहलाई कार्यालय प्रवेश निषेध गरेका छन् । साहले कार्यालयको सरकारी गाडीलाई निजी प्रयोजनमा बाहिर नै प्रयोग गरिरहेको कर्मचारीहरुको आरोप छ ।

अध्यक्ष शितल साहले मंगलबार कार्यालय बाहिर पत्रकार सम्मेलन गरी दोष कर्मचारीहरुमाथि थोपारेका छन् । उनले कर्मचारीहरुले लगाएको ११ बुंदे आरोपमा सत्यता नभएको दाबी गरे । साहले कार्यालय प्रवेशका लागि प्रशासनिक सहयोग मागे पनि कडा सुरक्षा प्रबन्ध मिलाइए पनि कार्यालय हातामा प्रवेश नगरि भागेको आरोप कर्मचारीहरुले लगाएका छन् । उनलाई कार्यालयमा प्रवेश गराउन जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी इन्सपेक्टरको कमाण्डमा टोली खटाएका थिए । तर उनी गाडीसहित कार्यालयमा नछिरी बाहिरबाटै गाडीसहित गएको उनीहरुको आरोप छ ।

अर्थ मन्त्रालयले बृहत्तर खारेजको निर्णयसहित पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको पत्र कारबाहीको प्रक्रियामा रहेको छ । अर्थ मन्त्रालयले मंसिर मसान्त भित्र खारेजको प्रक्रियालाई सम्पन्न गर्नसमेत पर्यटन मन्त्रालयलाई भनेको छ । अर्थको पत्र योजना र बजेट हुँदै बृहत्तरको खारेजीको अन्तिम प्रक्रियामा पुगेको स्रोतले जनाएको छ । अर्थमन्त्रालयले बृहत्तरको नाममा चालु आर्थिक वर्ष भित्र बजेट विनियोजन गरेको छैन् । संस्था नै खारेजको अन्तिम प्रक्रियामा पुगेको बेला बृहत्तर अस्तव्यस्त बनेको छ ।

कर्मचारीहरुले तलव पाएका छैनन् । अध्यक्ष साहले भने तलव, सुविधा खोजी रहेका छन् । बृहत्तरको स्वामित्व ग्रहण गर्न प्रदेश सरकार र स्थानीय निकाय तयार नभएपछि खारेज हुने निश्चित जस्तै भएको छ । अर्थ मन्त्रालयले एउटा पालिका मात्र कार्यक्षेत्र भएको संस्थालाई पालिकामा हस्तान्तरण गर्ने, एक भन्दा बढी जिल्ला कार्य क्षेत्र भएका संस्थालाई प्रदेश र २ वटा प्रदेश अथवा सो भन्दा बढी कार्य क्षेत्र भएका संस्थालाई मात्र संघीय सरकार अन्तर्गत राख्ने नीति अनुसार नै बजेटमा व्यवस्था गरेको छ ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब