ऐश्वर्यालाई शाहरुखले ५ फिल्मबाट निकालेका थिए

  • कार्तिक १६, २०८० | ६४२ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय (बच्चन) आज ५० वर्षकी भइन् । ऐश्वर्य सुन्दरताका लागि चर्चित छिन् । बलिउडमा झन्डै डेढ दशक पूरा गरेकी यिनले नृत्य र अभिनयले पनि उनले लाखौँ फ्यान बनाएकी छिन् । ऐश्वर्याले हिन्दी मात्रै होइन तमिल, तेलुगु, बंगाली र हलिउड फिल्ममा समेत राम्रो नाम कमाएकी छिन् । तर बिहेपछि यिनको करियर उक्लिन सकेन ।

शाहरुख खान र ऐश्वर्यको जोडीलाई दर्शकले निकै मन पराएका थिए । दुबैले मोहब्बते, देवदास र जोशमा काम गरेका थिए । रियल लाइफमा पनि यी दुई राम्रो मित्र थिए । उसो त शाहरुख खानले ऐश्यर्वलाई ५ वटा फिल्मबाट निकालेका थिए । शाहरुखले ऐश्वर्यालाई वीर जारा, चलते चलते, कल हो न हो जस्ता फिल्मबाट निकालेका समाचारमा उल्लेख छ । 

तर, शाहरुखले आफूलाई किन र कहिले निकालेको भनेर थाहा नभएको ऐश्वर्याले सिमी गरेवालसँगको एउटा अन्तरवार्तामा उल्लेख गरेकी छन् ।

उसो त शाहरुख खानले आफ्नो उक्त व्यवहारप्रति पश्चताप गर्दै ऐश्वर्यासँग माफी मागेका थिए । कसैसँग कुनै प्रोजेक्टमा काम शरु गर्ने अनि बिना कुनै गल्ती निकाल्नु निकै गाह्रो भएको शाहरुखको भना थियो ।

गएको डेढ दशकमा ऐश्वर्यका ४ वटा फिल्म मात्रै हिट रह्यो । अहिलेलाई उनको हातमा नयाँ फिल्म पनि छैन । तर पनि बलिउडमा उनको प्रतिष्ठा कम भने भएको छैन । ८ अर्ब २८ करोड रुपयाँ नेटवर्थ भएकी ऐश्वर्य बलिउडकी धनी अभिनेत्री हुन् । प्रियंका चोपडा र दीपिका पदुकोण जस्ता अहिलेका नाम चलेका अभिनेत्रीहरुले समेत नेटवर्थको मामिलामा ऐश्वर्यलाई जित्न सकेका छैनन् एक पछि अर्को फ्लिम फ्लप भएपनि आज पनि ऐश्वर्यले एउटा फिल्मको १२ करोड रुपयाँ लिन्छिन् ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब