पूर्व मेयरसहित चार जनामाथि अढाई करोड भन्दा बढीको मुद्दा दायर

  • कार्तिक १७, २०८० | ३६० पटक पढिएको | सीमा संदेश
alt

चन्द्रपुर नगरपालिकाका पूर्व मेयर रामचन्द्र चौधरीसहित चार जनामाथि अढाई करोड भन्दा बढी विगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले विभिन्न तीनवटा शीर्षकमा दुई करोड ६५ लाख २५ हजार दुई सय ६ रुपैयाँ विगो कायम गरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार सिग्देल, लेखा अधिकृत/राजस्व शाखा प्रमुख कृतिराज सुवेदी, मेयर रामचन्द्र चौधरी र आशिक कन्सट्रक्सनका सञ्चालक राम विनोद राउत वैरमाथि मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा चन्द्रपुर नगरपालिकाले आशिक कंस्ट्रक्शनसंग मिलेमतो गरी नगरपालिका अन्तर्गत पर्ने चांदी खोलाको पूर्वाधार उपयोग कर संकलनको लागि लगाएको ठेक्कामा राजश्व छली गरेको भनी आयोगमा परेको उजुरीमा छानबिन गरी दोषी देखिएका सेवा अवकाश प्राप्त तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देल, लेखा अधिकृत राजश्व शाखा प्रमुख कृतिराज सुवेदी र आशिक कंस्ट्रक्शन बृंदाबन नगरपालिका ६ का संचालक राम विनोद राउत बरैमाथि २८ लाख २५ हजार ५ रुपैयाँ ६५ पैसा विगो कायम गरी भ्रष्टाचार गरेको कसुरमा आरोप पत्र दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा ठेक्का नम्बर १५/०७७/०७८ को आय ठेक्कामा कंट्रक्सनसंग समझौता गर्दा तोकिएको नगद तथा बैंक जमानत पेश नगरी नलिइ मूल्य अभिवृद्धि कर समेत दाखिला नगराइ २८ लाख २५ हजार ५ रुपैयाँ ६५ पैसा बराबरको घटी राजश्व रकम असुल गरी राजश्व चुहावट गरी भ्रष्टाचार गरेको पुष्टि भएको उल्लेख गरिएको छ । सिंगदेल र सुवेदीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ को खण्ड क बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ ले निर्दिष्ट गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय (छ) बमोजिम कैदको सजाय र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजश्व रकम २८ लाख २५ हजार ५ रुपैयाँ ६५ पैसाको दोब्बर जरिवानाको सजाय माग दाबी गरिएको छ ।

आशिक कंस्ट्रकशनका संचालक राम विनोद राउत बरैलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ खण्ड क बमोजिमको कसुरको मतियार भइ सोही ऐनको दफा २२ प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुर गरेको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ को खण्ड क बमोजिमको कसुरजन्य कार्यको आधार मानी मुख्य कसुरदार सरह सजाय हुन माग गरिएको छ ।

त्यसै गरी आर्थिक वर्ष २०७७/०७८ मा चन्द्रपुर नगरपालिकाले आशिक कंस्ट्रक्शनसंग मिलेमतो गरी नगरपालिका अन्तर्गत पर्ने चांदी नदीको नदीजन्य पदार्थ उत्खनन तथा बिक्री गर्न लगाएको बोलपत्र नम्बर १९/०७७/०७८ समेतको ठेक्कामा अनियमितता गरिएको भनी परेको उजुरीको आधारमा अनुसन्धान गर्दा नगरपालिकाले आशिक कंस्ट्रकशनसंग समझौता गर्दा नगद तथा बैंक जमानत दाखिला नगराई १७ लाख ६८ हजार भ्रष्टाचार गरेको तथा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा रहेको प्रावधान विपरीत तोकिएको परिमाण भन्दा बढी नदीजन्य पदार्थ उत्खनन गराइ ३७ लाख ३४ हजार २ सय ९८ रुपैयाँ ६ पैसा गरी जम्मा ५५ लाख २ हजार १ सय ९८ रुपैयाँ ६ पैसा रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा पूर्व मेयर रामचन्द्र चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंगदेल, लेखा अधिकृत सुवेदी र कंस्ट्रकशन संचालक राम विनोद राउतमाथि आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब