चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

  • कार्तिक १७, २०८० | ३७८ पटक पढिएको | सीमा संदेश
alt

नगरपालिकाको मोटरसाइकल चोरी गरी भारतीय नम्बर प्लेट राखी चलाउँदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

मोटरसाइकलसहित पक्राउ परेकाहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । जिल्लाको फतुवाबिजयपुर नगरपालिकाको ना १ ब ३७९० नम्बरको मोटरसाइकल गएको असोज २९ गते चोरी भएको थियो । गौर नगरपालिका–१ कृष्ण मन्दिरस्थित राज प्रिन्टिङ प्रेस अगाडि पार्किङ गरिराखेको अवस्थामा मोटरसाइकल चोरी गरेको आरोपमा गौर नगरपालिका–५ का नन्दलाल यादव, शिवमकुमार गुप्ता र ईशनाथ नगरपालिका–२ का दिलीप साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताए । ‘हामी अनुसन्धान गर्दै छौं । अरु पनि सवारी चोरीको घटनामा संलग्न हुन सक्छ,’ उनले भने, ‘सरकारी मोटरसाइकलमा भारतीय नम्बर प्लेट राखेर चलाइएको फेला पारेका हौं ।’ तीनै जनालाई कात्तिक १४ गते पक्राउ गरेको हो ।

अदालतबाट म्याद थपेपछि मात्रै प्रहरीले सार्वजनिक गरेको छ । नगरपालिकाले चोरी भएको मोटरसाइकल खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय गौरमा लिखित निवेदन दिएको थियो । मोटरसाइकलमा बिआर ३० क्यु ४८६८ भारतीय नम्बर राखेर प्रयोग गर्दै आएका थिए । तीनै जनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब