लागू औषधसहित सरकारी कर्मचारीसहित २ जना पक्राउ

  • कार्तिक २१, २०८० | ४०५ पटक पढिएको | सीमा संदेश
alt

लागू औषधसहित ३८ दिन अघि समातिएका एक सरकारी कर्मचारीको अनुसन्धानका क्रममा सप्तरी प्रहरीले सोही कार्यमा संलग्न रहेको आरोपमा सोमबार थप एक सरकारी कर्मचारीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बोदेबर्साइन नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक ४५ वर्षीय बैजनाथ साह र बोदेबर्साइन नगरपालिका–५ का ३५ वर्षीय मो.जमामुद्धिन इराकी रहेका छन् । बोदेबर्साइन नगरपालिका–५ का स्वास्थ्य शाखा सह–संयोजक साह र सोही वडाका इराकी समेतको लागू औषधको उक्त घटनामा संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । यस अघि गत असोज १२ गते बोदेवर्साइन नगरपालिकाको स्वास्थ्य शाखा संयोजक राजनारायण ठाकुरलाई प्रहरीले प्रतिबन्धित लागू औषधसहित पक्राउ गरेको थियो ।

स्वास्थ्य शाखा संयोजक ठाकुर चढेको लु ५५ प ५४३९ नम्बरको मोटरसाइकलबाट स्थानीय शत्रुघन चोकमा चेकजाँचको क्रममा प्रहरीले प्रतिबन्धित लागू औषध नाइट्राभेट ट् याबलेट २७ र एस्पासमो ट्याबलेट १५ वटा बरामद गरेको थियो । प्रहरीले सप्तरी जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गराइ ठाकुरलाइ हिरासतमा राखेर थप अनुसन्धान गर्दै जाँदा बोदेबर्साइन नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक साह र अर्का स्थानीयवासी इराकीकोसमेत संलग्नता देखिएपछि दुबै जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।

पक्राउ परेका दुबै जनालाई हिरासतमा राखिएको तथा मंगलवार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब