सिरहा, २४ कार्तिक । शुभ दिपावली तथा छठको शुभ पावन उपलक्ष्यमा आयोजना गरिएको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा शान्ति निकुञ्ज माध्यमिक विद्यालय चोहर्वा प्रथम पुरस्कार जिति विजयी भएको छ ।
सिरहा जिल्ला भरीबाट कुल १२ वटा माध्यमिक विद्यालय प्रतियोगितामा भाग लिइएका थिए । जस मध्ये दोस्रो पुरस्कार जनता माध्यमिक विद्यालय बरियारपट्टी र तेस्रो पुरस्कार सगरमाथा माध्यमिक विद्यालय मिर्चैयाले जितन सफल भएका छन् ।
विजयताहरुलाई आयोजक संस्था सलहेश युवा क्लवले प्रथाम रु. ७०००, दोस्रो रु. ५००० र तेस्रो रु.३००० हजार नगद र ट्फी पुरस्कारका रुपमा प्रदान गरेको छ । कार्यक्रममा सहभागी सबै विद्यार्थीहरुलाई प्रमाणपत्र पनि उपलब्ध गराएका छन् ।
विजयी विद्यालयका विद्यार्थीहरुलाई कार्यक्रमका विशिष्टय अतिथिय सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबको हाथबाट पुरस्कार वितरण गराएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिय सिरहा नगरपालिका मेयर डा. नवीन कुमार यादब, विशिष्ट आथितिय श्री च.मा.वि. सिरहाको प्रअ मधु सुदन कर्ण, अतिथियरु सिरहा उधोग बाणिज्य संघका अध्यक्ष अमर साह, जि.स.ई.स.सिरहाको प्रमुख शशि कुमार यादब लगायतका व्यक्तिहरुका सहभागिता रहेका थिए ।

प्रतियोगिताका अध्यक्षता सलहेश युवा क्लवका अध्यक्ष राजिप कुमार यादबले गरेका थियो । सहभागिहरुलाई स्वागत संस्थाका महासचिव कृष्णा कुमार यादबले गरेको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved