दोस्रो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मिर्चैया क्लब विजयी

  • कार्तिक २५, २०८० | २८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २५ कात्तिक। सिरहाको गोलबजारमा आयोजित ‘दोस्रो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता २०८०’ को उद्घाटन खेलमा मिर्चैया क्रिकेट क्लब (एमसीसी) विजयी भएका छन्।

गोलबजार ८ स्थित जनता नमुना माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा एमसीसीले धनगढीमाई नगरपालिकालाई ४ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो।

टस जितेर धनगढीमाइले ब्याटिङ गरेका थिए। धनगढीमाइले १६ ओभरमा १ सय २५ रनको स्कोर दिएका थिए। धनगढीका खेलाडी आरसीले २१ बलमा ३७ रन हानेका थिए।

त्यसैगरी, एमसीसी १ सय २५ रनको लक्ष्य पछ्याउँदै १२ ओभरमै विकेट गुमाएर जित हासिल गरेका थिए। एमसीसीका खेलाडी चान्दअलि खानले २३ बलमा ५० रन गरेर म्यान अफ द म्याच घोषित भए। त्यसैगरी, पर्सीको खेल आयोजक टिम चोहर्वा र मारुती सिमेन्ट उद्योगबिच हुने आयोजकले जनाएको छ।

शनिवार एक समारोह बिच प्रतिनिधीसभा सद्स्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठले ब्याटिङ र प्रदेश सभा सद्स्य मनोज कुमार सिंहले बलिङ गरेर खेलको उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले किरकेट खेलले नेपाललाई विश्वसामु परिचित गराउन ठूलो मदत्त गरेको बताए। उनले भने, ‘खेलका कारण युवाहरुमा शारीरिक, मान्सिक बिकासका साथै देशको गरिमा बढाउने काम गरेको छ।’

उनले नेपाल सरकारले क्रिकेट मैदान निर्माणगर्ने घोषणा गरेको बताए। प्रतिनिधीसभा सदस्य श्रेष्ठले खेलको विकासको लागि संघ, प्रदेश र स्थानीय सरकारले योजना सहित लगानी गर्नुपर्नेमा जोड दिए। दिनले भने, ‘खेल र खेलाडीको विकासको लागि तीनै तहको सरकारले योजनाबद्ध लगानी गर्न पर्छ। म प्रदेश र स्थानीय सरकारलाई खेलकुदमा लागनी बढाउन अनुरोध गर्छु।’

प्रतियोगिताको प्रथम विजेताले नगद ६१ हजार रुपैयाँ र दोस्रो विजेतालाइ नगद ४१ हजारनगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेलका सन्योजक सरोज रायले जानकारी दिए। विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद, कपबाट पुरस्कृत गरिने उनले बताए।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब