न्युजिल्याण्डलाई हराउँदै भारत १२ वर्षपछि विश्वकपको फाइनलमा, शामीले लिए ७ विकेट

  • कार्तिक ३०, २०८० | ३०८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । मोहम्मद शमीको घातक बलिङ तथा विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

अब भारतले फाइनलमा बिहीबारको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने खेलको विजेतासँग खेल्ने छ । फाइनल खेल आइतबार अहमदाबादमा हुने छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा ३९७ रन बनाएको थियो ।

३९८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ३२७ रनमा अलआउट भयो । डिरेल मिचेलले सर्वाधिक १३४ रन योगदान गरे । उनले ८५ बलमा शतक पूरा गरे । कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिपले ४१ रन बनाए ।

कप्तान विलियम्सन र मिचेलले १८१ रनको साझेदारी गरे । ओपनरद्वय ड्वेन कोनभे र रचिन रविन्द्रले समान १३/१३ रन बनाए ।

विलियम्सन र मिचेल क्रिजमा टिकिरहे भारतको हातबाट खेल गुम्ने सम्भावना देखिएको थियो । तर भारतका बलर मोहम्मद शमीले ३३ औं ओभरमा उनीहरुको साझेदारी तोडे । उनले विलिम्सनलाई ६९ रनमा आउट गरे । त्यही ओभरमै उनले टम लेथमलाई पनि पेभेलियनको बाटो देखाए । त्यसपछि भारतीय टिम र प्रशंसकहरुमा आशाको सञ्चार जाग्यो ।

यद्यपि ग्लेन फिलिप्स र डेरेल मिचेलले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै खेल फेरि न्यूजिल्याण्डको पक्षमा मोड्ने प्रयास गरेका थिए । तर यो जोडीलाई जसपि्रत बुमराहले ४३ औं ओभरमा तोडे । फिलिप्सले ४१ रन बनाए ।

भारतको जितमा मोहम्मद शमीले सर्वाधिक सात विकेट लिए । जसपि्रत बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले समान १/१ विकेट लिए ।

मोहम्मद समीले टप अर्डरका ब्याटर ड्वेन कोनभे, रचिन रविन्द्र, केल विलिम्सन, डिरेल मिचेल र टम ल्याथम लगायतलाई आउट गरेका थिए ।

यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३९७ रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ४७, विराट कोहलीले ११७ र श्रेयस ऐयरले १०५ रन बनाए । शुभमन गिलले ८० र केएल राहुल ३९ रनमा नटआउट रहे ।

कोहलीको यो ५० औं शतक हो । कोहलीले वान डे क्रिकेटमा सचिन तेन्दुलकरको रेकर्ड तोडे । तेन्दुलकरले ४९ शतक बनाएका थिए ।

बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले तीन विकेट लिए ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब