सकिएकै हो त गोविन्दा र डेभिड धवनबिचको तिक्तता ?

  • मंसिर ६, २०८० | ४१८ पटक पढिएको | सीमा संदेश
alt

नयाँ दिल्ली । निर्माता रमेश तौरानीले दिवालीको अवसरमा दिएको एउटा पार्टीमा फिल्म निर्माता डेविड धवन र अभिनेता गोविन्दा एक अर्कालाई अँगालो हालेर गफ गरिरहेका देखिए । सोही पार्टीको एउटा फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै गोविन्दाले आफू र डेविडबीच प्याच–अप भएको बताएका थिए । २० वर्षपछि गोविन्दा कुनै बलिउड पार्टीमा गएका थिए । सो पार्टीमा जानु अघि नै डेविड धवनसँग आफ्नो मतभेद अन्त्य भइसकेको गोविन्दाले हालै एउटा अन्तरवार्तामा भनेका थिए ।

दुई जना एक भएको खबरले दर्शकहरु पनि खुसी थिए । अहिले पनि आफूहरूले सँगै काम गर्नु पर्छ भन्ने सर्वसाधारणले सोच्ने गरेको कुराले आफूलाई खुसी लागेको उनको भनाइ छ । ‘हामीहरुबीच सबै कुरा मिलिसक्यो । यो हाम्रो दोस्रो भेटघाट थियो । एउटा दिवाली पार्टीमा हामीले एक अर्काको साथमा राम्रो समय बितायौँ,’ गोविन्दाले भने । विगतमा भइसकेका कुरालाई सम्झिएर बसिरहने कुरामा आफूहरु दुबै जनाले विश्वास नगर्ने अनि उहिलेको कुरा खुइले भइसकेको पनि उनले बताए । अब आफूहरुबीचको सबै गुनासाहरू हटेको भएपनि पछिल्लो भेटमा फिल्मबारे कुरा नभएको पनि उनले स्पष्ट पारे ।

९० को दशकमा गोविन्दा र डेविड धवनको जोडी निकै चर्चित थियो । डेविडको निर्देशनमा बनेको राजा बाबू, कुली नम्बर १, हिरो नम्बर १, साजन चले ससुरालसमेत झन्डै डेढ दर्जन फिल्ममा गोविन्दाले काम गरेका थिए । दिवाली अघि गोविन्दाले एउटा फोटो शेयर गरेका थिए । यसमा उनी डेविड धवनका साथमा थिए । फोटोमा उनले लेखेका थिए, ‘८० र ९० को दशकमा मेरो दुई वटी श्रीमती थिए । एक सुनीता अर्को डेविड ।’  

किन बिग्रिएको थियो सम्बन्ध ?

सञ्जय दत्तको सुझाव मानेर गोविन्दाले डेभिड  धवनलाई काम दिएका थिए । फिल्म हिट हुँदै गर्दा उनीहरुले १७ ओटा फिल्ममा सँगै काम गरे । दुईबीच मित्रता यति राम्रो थियो कि गोविन्दाले डेविडलाई आफनो आफन्तलाई गर्ने भन्दा पनि राम्रो व्यवहार गर्थे । राजनीतिक करियर उक्सिन नसकेपछि गोविन्दा पुनः फिल्म क्षेत्रमै आउन चाहन्थे । यसका लागि उनी डेविडको चश्मेबद्दुरबाट कमब्याक गर्न खोजिरहेका थिए । तर डेभिडले सन् २०१३ मा ऋषि कपुरलाई लिएर फिल्म बनाए ।

 फिल्ममा कुनै काम पाइहाल्छु कि भनेर गोविन्दाले डेभिडकहाँ आफ्नो सेक्रेटरीलाई पठाए । भेटमा सेक्रेटरीले दुईजनाबीच कुरा भइरहँदा फोन अन राखे । गोविन्दाले धेरै गनगन गर्न थालेको भन्दै डेविडले चित्त दुखाएपछि उनी चिढिए । फिल्म नभएपनि सानो भूमिकामा खेल्न दिउँला भनेर पनि त्यस्तो कुनै भूमिकाको अफर गरेनन् ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब