सामाजिक सञ्जालमा बोल्ड आँचल

  • मंसिर ७, २०८० | ३६१ पटक पढिएको | सीमा संदेश

काठमाडौँ । अभिनेत्री आँचल शर्माका लागि यो वर्ष त्यति फापेको देखिन्न । किनभने वर्षको सुरुवातमै उनी अभिनीत फिल्म ‘नाई नभन्नु ल ६’ फ्लप भयो । त्यसपछि फेसन शोमा एक मोडलाई गरेको कमेन्टका कारण आलोचना खेप्नु पर्‍यो ।

यो वर्ष उनको अन्य फिल्म आउने छाँटकाँट पनि देखिएको छैन । केही अगाडि आएको फिल्म ‘पशुपति प्रसाद २ ः भष्मे डन’मा उनले एक गीतमा अभिनय गरेकी थिइन् ।  जसको चर्चा हुने उनको अपेक्षा थियो । तर हुन सकेन ।

अर्को वर्ष अर्थात २०८१ भने उनको राम्रो हुने अनुमान गर्न सकिन्छ । किनभने यो वर्ष उनको फिल्म ‘डिग्री माइला’ रिलिज हुनेछ । यो फिल्मले उनको करियरमा नयाँ उचाइमा पुग्ने आकलन गरिएको छ । फिल्ममा दयाहाङ राईकी प्रेमिकाको भूमिकामा उनी देखिँदै छिन् । आँचल र दयाहाङको अन्तर्जातीय प्रेम फिल्ममा समेटिनेछ । फिल्म यतिबेला छायाङ्कनरत छ ।

यसको अलावा आँचल फिल्म ‘पञ्चामृत’ र ‘ह्वाइट हाउस’मा पनि अभिनय गर्दै छिन् । यी दुवै फिल्म अर्को बर्षनै रिलिज हुनेछन् । केही बर्षयता अभिनयमा निरन्तर रहेकी आँचल फिल्मी पर्दामा भने अहिलेसम्म सफ्ट नै छिन् ।

फिल्मी पर्दामा सफ्ट देखिए पनि सामाजिक सञ्जालमा भने उनी बोल्ड देखिन थालेकी छन् । जसको ताजा उदाहरण उनले बुधबार सार्वजनिक गरेको तस्बिरलाई लिन सकिन्छ । उनले पोस्ट गरेको दुई तस्बिरमा बोल्ड अवतार छल्किएको छ । तस्बिरका कारण आँचलको पहिरन र शारीरिक मेन्टेनको प्रशंसा भइरहेको छ ।

केही अगाडि पनि उनले फिलिपिन्स पुगेर बिकिनी तस्बिर सार्वजनिक गरेकी थिइन् । समुद्री किनारमा खिचाएको उनका बिकिनी तस्बिरमा थुप्रैले लाइक र कमेन्ट गरेका थिए ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब