आज कमला नदीमा भूत मेला, धामीझाँक्रीको घुइँचो

  • मंसिर ११, २०८० | ६३० पटक पढिएको | सीमा संदेश
alt

आज कमला नदीमा भूत मेला लागेको छ । सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।

हिजो साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिरहा र धनुषाको सीमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् ।

कमलामा कात्तिक शुक्ल पूर्णिमाको दिन भुत बैताल, देवि देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने भगवानपट्टीका धामी राजेन्द्र दासले बताए । धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कातिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको सर्वसाधारण बताउँछन् ।

यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन नयाँ नयाँ धामी झाँक्री बन्ने विश्वास रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।

उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब