धनुषाको आश्रममा १३ जोडीको सामूहिक अन्तर्जातीय विवाह

  • मंसिर १२, २०८० | ४१८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-२ स्थित सतलोक आश्रममा १३ जोडीको सामूहिक आदर्श तथा अन्तरजातीय विवाह सम्पन्न भएको छ ।

शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१०औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामूहिक विवाह गराइएको हो ।

असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार विवाह सम्पन्न हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् । असुर निकन्दन रमेणी यन्त्रको उच्चारण गरी १७ मिनेटमा सम्पन्न गरिने भएकाले यसलाई रमेणी विवाह पनि भनिन्छ ।

यो विवाह पूर्णतः आदर्श एवं दाइजोमुक्त हुन्छन् । जातीय वा अन्तरजातीय विवाह गर्नु पहिले सबै जोडीका अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्ने भट्ट बताउँछन् ।

आइतबारदेखि चलिरहेको तीन दिवसीय दिव्य धर्म यज्ञमा शन्त गरीब दासज महाराजको अमरवाणी अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको आश्रमले जनाएको छ ।

साउन २९ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २९ गते । शुक्रबार । ईश्वी सन् २०२६ ...

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब