शिक्षिका पत्नी घरमा, पति विद्यालयमा पढाउदै

  • मंसिर २८, २०८० | ४३४ पटक पढिएको | सीमा संदेश
alt

रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा विद्यालयको स्थलगत अनुगमन नगर्दा बालबालिकाको भविष्य संग खेलवाड़ हुने गरेको छ । प्रारम्भिक सिकाई बलियो हुनुपर्नेमा लापरवाही भएपछि बालबालिकाको शिक्षाको विकास नै धरापमा पर्ने देखिएको छ ।

शिक्षालाई स्थानीय तहको जिम्मा दिए पछि ठाडो राजनीतिक हस्तक्षेप बढ़ी देखिएको कारण शिक्षाको स्तर खस्किँदै गएको छ । ईशनाथ नगरपालिका वड़ा नम्बर ९ लौतनामा सञ्चालन रहेको एक प्राथमिक विद्यालयमा नियुक्ति पाएका एक शिक्षिका घरमा बेसको र त्यसको सट्टामा उनको श्रीमान् बाल बालिकालाइ पढाउदै गरेको पाइएको छ ।

महेन्द्र राय यादव प्राथमिक विद्यालयमा कार्यरत रहेकी बाल शिक्षिका कबिता देवी यादवको सट्टामा उनका लोग्ने शिशु र कक्षा १ मा अध्ययन गराउँदै पाइएको छ । बिहान ११ बजेको समयमा विद्यालयमा पत्रकारहरुको टोली पुग्दा विद्यालयका प्राध्यानध्यापक प्रेम यादव विद्यालय बाहिर रहेका थिए भने कक्षा कोठामा श्रीमतीको ठाउँमा श्रीमान् पढाउदै गरेको पाइयो ।

आफू अध्यापन गरिरहेको विद्यालयमा शिक्षक कति जना छन्, कति कक्षा सम्म पढाई हुन्छ भने कुरा समेत थाहा नभएको व्यक्तिले सानो बालबालिकाको भविष्य बिगार्ने कार्य गरिरहँदा पनि सम्बन्धित निकायले कुनै कारवाही गर्न सकेका छैनन् । शिक्षाको विकास राम्रो रहेको दावी गर्दै आएकी ईशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देवी सिन्हाको कमजोरीको कारण शिक्षामा विकृति फैलिएको स्थानीयहरुको आरोप रहेको छ ।

चिसो मौसममा छाना नै नभएको कक्षा कोठाको भूईमा बसेर बाल बालिका पढाउने गरेको विद्यालयमा शुद्ध खानेपानी र शौचालयको अभावसमेत रहेको देखिएको छ । विद्यालयमा कार्यरत शिक्षक राजेश कुमार यादवले विद्यालयमा खानेपानी र शौचालयको अभाव रहेको कारण समस्या भोग्नु परिरहेको बताए । उनले ६ महिना अघि हुरीले उडाएको छाना मर्मत गराई दिन पटक–पटक आग्रह गर्दा नगर प्रमुखले कुनै चासो नदेखाएको गुनासो गरे ।

नगर पालिकाले २०७९ साल फागुन महिनादेखि नै दिवा खाजाको रकम नदिएकोले बाल बालिकालाई खाजा खुवाउन समस्या भइरहेको कार्यालय सहयोगी राम प्रवेश यादवले बताए । पसलबाट उधारो खानेकुरा ल्याएर खाजा खुवाउदै आएको दुखेसो पोख्दै पसलेले पैसाकोलागि दिनहुँ ताकेता गर्ने गरेको गुनासो गरे ।

कक्षा ५ सम्म सञ्चालन रहेको सो विद्यालयमा १ शिक्षक र ४ शिक्षिका गरी ५ जना कार्यरत रहेका छन् । प्राध्यानध्यापक प्रेम यादव राजनीतिमा बढ़ी समय खर्चिने गरेकाले विद्यालयको अवस्था दयनीय बन्दै गएको छ । विद्यालयमा कम्पाउण्ड वाल , बेन्च डेस्क समेत रहेको छैन । कम्पाउण्ड वाल नभएका कारण विद्यालयमा भएको सामग्री पनि चोरी हुने गरेको शिक्षक यादवले वताए ।

जिल्ला शिक्षा विकास समन्वय इकाई रौतहटका प्रमुख राम विनय सिंहले पत्नीको ठाउँमा लोग्ने पढाउन नपाउने बताए । त्यस्तो कार्य गर्ने माथि नगरपालिकाले कारवाही गर्नु पर्ने समेत बताए । बिद्यालयमा १ सय २५ जना विद्यार्थी रहेका छन् ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब