मेसीले कतार विश्वकपमा लगाएका जर्सी ७.८ मिलियन डलरमा बिक्री

  • मंसिर २९, २०८० | ५०७ पटक पढिएको | सीमा संदेश
alt

 लिओनल मेसीले सन् २०२२ को विश्वकप दौरान लगाएका ६ जर्सी न्युयोर्कमा भएको सोथबी अक्सनमा कूल ७.८ मिलयन अमेरिकी डलरमा लिलामी भएको छ ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा पेनाल्टी सुटआउटमा हराएर विश्वकप जितेको थियो ।

मेसीले फाइनल, सेमिफाइनल, क्वाटरफाइनल, अन्तिम १६ र समह चरणको दुई खेलमा लगाएका ६ जर्सी अक्सनमा बिक्री भएको छ । डिएगो म्याराडोनाले सन् १९८६ मा इंग्लयाण्ड विरुद्ध चर्चित ‘ह्याण्ड अफ गड’गोल क्रममा लगाएको जर्सी गत वर्ष ७.१ मिलियन पाउण्डमा बिक्री भएको थियो ।

कीर्तिमानी ८ पटकको बालोन डे’ओर विजेता मेसी एकै विश्वकपमा समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।

मेसीले सन् २०२२ को विश्वकपमा अर्जेन्टिनाले खेलेको सबै ७ खेल खेलेका थिए । तर मेसीले समूह चरणको तीन मध्ये दुई खेलमा लगाएको जर्सी मात्र अक्सनमा राखिएको थियो । अष्ट्रेलिया विरुद्धको खेलमा भने मेसीको जर्सी क्यामी डेभलिनले साटेका थिए ।

मेसीको जर्सी लिलामीबाट प्राप्त आम्दानीको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाको आवश्यकताहरू पूरा गर्न लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा रहेको युनिकास परियोजनालाई दान गरिने सोथबीले जनाएको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब