२५ जना स्टारको भिड लागेको एउटा फिल्म

  • मंसिर २९, २०८० | ५६२ पटक पढिएको | सीमा संदेश
alt

नयाँ दिल्ली । बलिउडका खेलाडी अक्षय कुमारको  फिल्म वेलकम–३ आगामी वर्ष डिसेम्बर २० मा रिलिजका लागि तयारी हुँदैछ । यति बेला फिल्मको सुटिङ जोडतोडका साथ भइरहेछ । 

गतको सेप्टेम्बरमा मात्रै अक्षयले यो फिल्मको घोषणा गरेका थिए । यो फिल्ममा एक जना दुई जना होइन २५ जना स्टारको भिड छ । अक्षयले फिल्मको सुटिङको भिडियो शेयर गरेका थिए । भिडियोमा फिल्मका स्टारकास्टहरु एउटा सिनको शूट गरिरहेका देखिन्थे ।

फिल्ममा अक्षय कुमार समेत २५ स्टारहरुको कमेडी हेर्न पाइनेछ । फिल्मले कमेडीको दुनियाँमा तहल्का मच्चाउने अनुमान गरिएको छ । फिल्ममा अक्षय कुमारको साथमा सञ्जय दत्त, सुनील शेट्टी, अरशद वारसी, परेश रावल, जोनी लिभर, राजपाल यादव, तुषार कपुर, श्रेयस तलपडे, कृष्णा अभिषेक, किकू शारदा, दिलेर मेहंदी पनि छन् । फिल्मका अन्य स्टार्समा मिका सिंह, राहुल देव, मुकेश तिवारी, शारिब हाशमी, जाकिर हुसैन, यशपाल शर्मा, दिशा पटानी, जैकलिन फर्नाडिंस, रविना टन्डन आदि पनि छन् ।

सुपरहिट फिल्म वेलकमको सिक्वेल

यो फिल्म सन् २००७ मा आएको कमेडी फिल्म वेलकमको तेस्रो हिस्सा हो । वेलकममा अक्षय कुमार, अनिल कपुर, नाना पाटेकर र कट्रिना कैफ शीर्ष भूमिकामा देखिएका थिए । अनीस बज्मीको निर्देशकमा ४८ करोडको बजेटमा तयार पारिएको यो फिल्मले १ अर्ब १९ करोड रुपैयाँकमाएको थियो । यो फिल्मको भव्य सफलतापछि सन् २०१५ मा दोस्रो पार्ट वेलकम–२ आयो । यो फिल्म पनि बक्स अफिसमा हिट रह्यो ।

अक्षय कुमारको करियर बचाउला ?

विगत केही वर्षयता अक्षय कुमारले एउटै हिट फिल्म दिन सकेका छैनन् । उनको मिशन रानीगञ्ज पनि बक्स अफिसमा नराम्ररी फ्लप भयो । लगातार ७ ओटा फ्लप फिल्मपछि यति बेला अक्षय करियरको डुङ्गा कमेडी फिल्मको साथमा पार लगाउन खोजिरहेका छन् । वेलकमले उनको चाहना पूरा गर्ला कि नगर्ला त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब