सामुदायिक विद्यालयको कर्मचारी व्यवस्थापनबारे स्थानीय तहलाई शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन

  • पुस १, २०८० | ५५८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको व्यवस्थापन सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावली २०५९ को नियम १४४ ख को उपनियम (१), (२) र (३) मा व्यवस्था भए बमोजिम सामुदायिक विद्यालयका कर्मचारीको नियुक्ति गर्न गराउन निर्देशन दिएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा उल्लिखित गाउँपालिका तथा नगरपालिकाको अधिकार अन्तर्गत उपदफा (२ज) को खण्ड (११) मा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान गर्ने विषय उल्लेख रहेको साथै सार्वजनिक विद्यालय समायोजन एवं एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ को परिच्छेद ४ को निकायगत भूमिका शीर्षक अन्तर्गत समायोजन एवं एकीकरण भएपछि बन्ने विद्यालयको भूमिका अन्तर्गत बुँदा नम्बर (१२) मा स्थानीय तहको निर्णयका आधारमा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी व्यवस्थापन गर्ने भन्ने उल्लेख भएको हुँदा सोही अनुसार गर्न मन्त्रालयले आग्रह गरेको छ। 

समायोजित कर्मचारीका बारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८–१२–२० को मन्त्री स्तरको निर्णय अनुसारको सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई यस सम्बन्धमा परिपत्र गरिसकिएको र सो अनुसार समायोजित विद्यालयका कर्मचारीहरूको व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको छ । 

siksha_ijCIyURop5

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब