सिरहामा १४ वर्षिय बालिका बलात्कृत, आरोपित फरार

  • पुस २, २०८० | ८०० पटक पढिएको | सीमा संदेश
alt

बालिका बलात्कार गरेको आरोपमा प्रहरी कार्यालयमा बालिका बलात्कार आरोपमा उजुरी परेको छ। १४ वर्षिया बालिका बलातकार गरेको आरोपमा गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोदित दासको विरुद्धमा जाहेरी परेको हो। आरोपीत भने फरार भएका छन्।

विद्यालयबाट फर्किने क्रममा बाटोबाटै ललाईफाकाई गागन खोला किनारमा रहेको लहरीमारीमा पुर्याई विहिवार राती डर त्रास देखाएर दासले बालिकालाई बलात्कार गरेको आफन्तले जनाएको छ।

विहिवार विद्यालय गएका छोरी नफर्केपछि छोरी खोज तलास सुरु गरेका थिए। खोज लागसगर्दा पनि फेला नपरेपछि प्रहरीलाई खवर गरेको बालिकाका आफन्तले बताए। खोजिकै क्रममा शनिवार विहानमात्र गोलबजार ४ को एउटा निर्माणाधिन घरमा आफन्तले फेला पारेर प्रहरीको जिम्मा लगाएको थियो।

प्रहरीको शनिवारै ल्याएको भएपनि बालिकाले प्रहरी समक्ष घटना स्वीकार नर्दा उजुरी दर्ता हुन सकेको थिएन। आफन्तसामु घटनाबारे सुनाएपनि प्रहरीसामु आज आईतबार मात्रै खुलेको बताइएको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीले आज जाहेरी दर्ता भईसकेको बताए। इन्सपेक्टरले भने, ‘हिजो हामीसँग बालिका खुलिनन आज आफन्तलाई घटनाबारे सुनाएपछि उहाँहरुकै सहयोगमा प्रहरीकोमा जाहेरी दर्ता भईसकेको छ, आजै स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा पठाईएको छ।’

प्रहरीले घटनाबारे थप अनुसन्धानई भईरहेको र घटनामा संलग्नको खोजी भईरहेको जनाएको छ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब