प्रभु बैँकद्धारा सामाजिक सुरक्षा भत्ता भुक्तानी दिन ढिलासुस्ती, सेवाग्राहिलाई सास्ती

  • पुस ४, २०८० | ५३१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०४ पौष ।  सिरहाको सिरहा नगरपालिका ७ स्थित प्रमु बैंकले कर्मचारी अभाव भएको भन्दै सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलासुस्ती गरेकाले लक्षित सेवाग्राही मर्कामा परेका छन्।

बैंकले समायमा सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउँदा सिरहा नगरपालिका ४, ७, १६, १७, १९ नम्वर वडाका बृद्धभता, बालपोषण, एकल महिला, आपांगसहित ३ हजार ५ सय २१ जना लक्षित लाभग्राही मर्कामा परेका हुन्।

नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ को पहिलो त्रैमासिक किस्ता एक साताभन्दा पहिला नै सवै प्रकृया पुरा गरी पठाएको जनाएको छ। बैंकले भने अझै भुक्तानी प्रकृया अगाडी नबढाएको सेवाग्राहिहरुको गुनासो छ।

लक्षित सेवा ग्राहिको रकमबाट अनैतिक लाभ लिन बैँकले भता वितरण गर्न आलटाल गरिरहको छ । सिरहाकै अन्य बैंकले वितरण गरिरहेपनि प्रभु बैँकले भुक्तानी दिन आलटाल गरिरहेको सिरहा नगरपालिकाको सामाजिक शाख प्रमुख संजय यादबले आरोप लगाए।  पछिल्लो एक हप्ता देखि लक्षित बर्गहरुले बैंक धाईरहेका छन। बैंकले कुनै वास्तै गरिरहेको छैन यादबले बताए। 

वडा संख्या बढी भएको गुणासो बैँकले गरेको थियो । तर बैँकको गुणासोलाई सामाधान गर्न वडा घटाउन सहमति भएको थियो । तर पनि बैँकले जाडोको समयमा लक्षित वर्गलाई विभिन्न समस्यको वेला भता वितरण समयमै गर्नु भन्द विभिन्न बहाना देखाइरहेको छ ।

हामीले यो त्रेमासिक भुक्तानी गर्नुस् । अब तपाईको बैँकबाट सबै खाता सार्र्छै भने पनि नगरपालिकाको पत्रलाई अबगिया गरको छ । यदि समयमै भता वितरण नगरे लक्षित वर्गहरुले बैँकको विरुद्ध आन्दोलन गर्छ सामाजिक शाखा कर्मचारी अरविन्द कुमार यादबले बताए।

यता प्रभु बैंकले कर्मचारी अभाव, त्रेमासिक कलोजिंगका करण वितरण गर्न नसकिएको बैंकको शाखा प्रमुख मनोज कुमार साहले बताए। उनले भने, ‘नगरपालिकाले पनि ढिलो गरी मात्र पैसा पठायो, हाम्रो पनि आन्तरिक लेखा परीक्षण, नयाँ र थोरै कर्मचारी भएकाले वितरण गर्न समस्या भईरहेको छ।

नगरपालिकालाई हामीसँग थोरै कर्मचारी भएकोले वडा संख्य घटाउन अनुरोध गरेको छु, तर वडा संख्या नघाटाएकोले यस्ता समस्या आएको छ । मंगलवार सूचना प्रकाशन गरी पौष ८ गते आइतवार बाट वितरण हुने प्रकृया अगाडी बढाइसकेको साहले जानकारी दिनु भयो ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब