मधेशको भूमिमा कहाँबाट आएर मारिन्छ मान्छे ? जसको पहिचान खुल्दैन

  • पुस ४, २०८० | २४२ पटक पढिएको | सीमा संदेश
alt

मंसिर १२ गते धनुषाको धनौजी गाउँपालिका –४ भडरियास्थित आँपको बगैँचामा परालले छोपिएको अवस्थामा एक महिलाको शव भेटियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माको नेतृत्वमा टोलि र विशेष तालिम प्राप्त डग टोलि पुगेर पराल हटाए । अन्दाजी ३५ वर्षीया ती महिलाको घाँटीमा कपडा बाँधिएको थियो । समिज सुर्वार लगाएकी थिएन् ।
शवको प्रकृति हेर्दा हत्या गरेरै कसैले शव लुकाएको हुन सक्ने प्रहरीको अनुमान थियो । प्रहरीले वरपरका गाउँ÷टोल तथा जिल्लाहरुमा तस्वीर पठाएर पहिचान गर्ने कोशिष गरेपनि अहिलेसम्म मृतकको पहिचना खुल्न सकेको छैन् । शवको प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम भइसकेको छ ।

‘हत्या नै गरेर कसैले फालेको हो की भन्ने हाम्रो आशंका छ । पोस्टमाटर्म रिपोर्टले ठ्याक्कै यो कारणले नै मृत्यु भएको भन्न सकेको छैन’ एसपी शर्मा भन्छन् । मृतक भारततिरका वा कसैले घटना खुल्छ भनेर लुकाउने प्रयास गर्ने गरेको प्रहरीको अनुमान छ ।

भदौ १२ गते पर्साको जिराभवानी गाउँपालिकामा–४ हुलाकी सडकखण्डको इमृती खोलाको पुलभन्दा करिब २ सय मिटर दक्षिणतर्फ खोलामा टाउको नभएको एक महिलाको शव भेट्यो । करिब २५ वर्षकी महिलाको शव रहेको प्रहरीको अनुमान थियो । शवको टाउको नै भेटिएन । अहिलेसम्म ती मृतकको सनाखत नभएको पर्साका प्रहरी प्रमुख एसपी कोमल शाहले बताए ।
‘टाउको नभएको अवस्थामा करिब २५ वर्षीया महिलाको शव फेला परेको थियो । पहिचान अहिलेसम्म खुलेको छैन । हामी खोजिनिती र अनुसन्धान जारी रखेका छौं’ एसपी शाहले भने ।
धनुषा र पर्सामा भएका यी दुई प्रतिनिधिमूलक घटनालाई प्रहरीले कर्तव्य ज्यान मानेको छ । चालु आर्थिक वर्षको मंसिर तेश्रो सातासम्म मात्रै मधेश प्रदेशमा पहिचान नखुलेका चारजनाको हत्या भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्यांक अनुसार पर्सामा दुई जना महिला, धनुषा र रौतहटमा १–१ जनाको हत्या भएको अवस्थामा शव भेटिएको छ । हत्या घटना भएपनि ती मृतकहरु कहाँका हुन् र कसले किन हत्या गरेका हुन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

यसअघि आर्थिक वर्ष २०७९।०८० मा तीनवटा यस्तै हत्याको घटना मृतकको पहिचान हुन सकेन । प्रहरीको तथ्यांकमा तीनजना पुरुषको हत्या भएको थियो ।
शव सनाखत नहुँदा अनुसन्धान गरेर अपराधीसम्मै पुग्नै प्रहरीलाई सकस हुने गरेको छ । खुल्ला नेपाल–भारत सीमा दशगजा भएकाले अपारधीहरु सहजै यता आएर घटना गराउने वा उत्तै हत्या गरेर यता शव लुकाइदिने गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
‘मृतकको पहिचान नखुल्दासम्म अनुसन्धान प्रक्रिाय अगाडी बढाउनै मुिस्कल हुन्छ’ एक प्रहरी अधिकारी भन्छन् ‘खुल्ला बोर्डरको कारण उत्ताबाट आएर यता घटना घटाउने र फेरि पारी भाग्ने कारणले मृतक र अपराधीको पहिचान हुन गाह्रो छ’

गत साउन १६ गते बिहान सिराहाको गोलबजार नगरपालिका– २ गागन खोलाको पश्चिम किनार बाँस झाडीमा अन्दाजी २५ वर्षीय युवक मृत फेला परे । टाउकोमा चोट र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकाले हत्या भएको प्रहरीको अनुमान थियो । युवकले पाइन्ट, टिसर्ट र जुत्ता पहिरेका थिए ।
‘शव झाडीमै फालेको थियो । टाउकोमा चोट, घाँटीमा गम्छा बाँधिएकाले घटना संकास्पदै थियो । पहिचान खुल्ने केही डकुमेन्ट वा मोबाइल पनि भेटेन । त्यसैले पहिचान खुलेन’ तत्कालिन समयमा घटनास्थलमा पुगेका सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डे सुनाउँछन् ।

सिरहा प्रहरीले अनुसन्धान अघि बढाए । देशैभर आफ्नो प्रहरीमा पत्राचार गरे । यधपी हालसम्म ती मृतक युवकको सनाखत भएको छैन ।
सिरहा प्रहरीका अनुसार शवको डिएनए टेस्टको लागि विपी विज्ञान प्रयोगशालामा पठाएको थियो । जसको रिपोर्ट अहिलेसम्म आइसकेको छैन । यो घटना मधेश प्रदेश प्रहरी कार्यालयको कर्तव्यज्यानको सूचिमा छैन । वेवारिसे शव फेला परेको समान्य घटनाको सूचिमा राखेको छ
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसपी श्याम महतोले जिल्लाहरुबाट विवरण मागेर तथ्यांकमा राखिएको बताउँछन् । त्यसैले त्यो घटना वेवारिशे शव फेला परेको घटनाको तथ्यांकमा उल्लेख हुन सक्ने उनको तर्क छ ।

गत मंसिर १६ गते धनुषाको मिथिला नगरपालिका–५ स्थित श्रीपुर गाउँको पूर्व रहेको औरही खोलाको किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव घाँस काट्न गएकी एक महिलाले देखिन् । प्रहरीलाई खबर गरे । ५÷६ दिन अघि मृत्यु भएकाले सड्न लागेको अवस्थामा शव इलाका प्रहरी कार्यालय ढल्केवरले घटनास्थलको मुचुल्का गरी पास्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्यायो । मृत फेला परेकी ती महिलाको हालसम्म पहिचान नखुलेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा बताउँछन् ।

‘पहिचानका लागि विभिन्न माध्यमबाट पत्ता लगाउने प्रयास भएको छ । वरपरका गाउँघरको महिला जस्तो देखिँदैन । त्यसैले सनाखत भएन’ डिएसपी अवा भन्छन् । कर्तव्यज्यान गरेर मारे जस्तो नदेखिएकाले ती महिलाको आफै कुनै कारणले मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

सिरहा र धनुषाका माथिल्ला दुई घटनालाई प्रहरीले आफै केही कारणले मृत्यु भएको, तर पहिचान नखुलेकाले वेवारिशे शव फेला परेको सूचिमा राखेको छ । यस्ता वेवारिशे शव फेला र पहिचान नखुलेका मृतकको संख्या दिनप्रतिदिन मधेशमा बढ्दै छ ।
झण्डै अढाई वर्ष यता मधेशमा यसरी आफै मर्ने वा मारिने व्यक्तिको संख्या २ सय सात छ । आर्थिक वर्ष २०७८÷७९देखि मंसिरको २२ गतेसम्म मधेशमा २०७ जनाको शव फेला परेको छ । १९५ जनाको आफै मृत्यु भएको देखिएको र ७ जनाको कर्तव्यज्यानबाट मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यी संख्याका मृतकको हालसम्म सनाखत नभएको मधेश प्रदेश प्रहरी कार्यालयले मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतो बताउँछन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा साउनदेखि यता मधेश प्रदेशमा वेवारिसे अवस्थामा ४१ जनाको शव फेला परेको छ । जसामा २६ जना पुरुष, ८ जना महिला, ४ जना बालक र ३ बालिका छन् ।
सबभन्दा बढी धनुषामा ९ जनाको वेवारिसे शव फेला परेको छ । सिरहा, सप्तरी, सर्लाही र पर्सामा ६–६ जना, रौतहटमा ४, बारामा ३ र महोत्तरीमा १ जना सनाखत नभएका मृत फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महतो बताउँछन् ।
गत आर्थिक वर्ष २०७९÷०८० मा ७८ पहिचान हुन नसकेका ७८ जनाको शव फेला परेको थियो । सबभन्दा बढी पुरुष ६५ जना, महिकला ११ जना र २ बालिबका थिए । धनुषामा सबभन्दा बढी १९ जना, पर्सामा १७ जना, बारामा १३ जना, सप्तरीमा ९ जना, महोत्तरीमा ८ जना, रौतहटमा ६ जना, सर्लाहीमा ५ जना र सिरहामा १ जनाको शव सो अवधिमा फेला परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
त्यस अघि २०७८।०७९ मा पहिचान नखुलेको ७६ जनाको शव फेला परेको थियो । जसमा महिला सबभन्दा बढी पुरष ५१ ज्ना, महिला २० जना, बालिबका ४ जना र बालक १ जना थिए ।

भेटिएका कतिपय मृतकहरुको पहिचान नहुनुलाई प्रहरी विभिन्न कारण देखाउँछन् । प्रदेश प्रहरी कार्यालय जनकपुरका एसपएसपी प्रविन पोखरेल खुल्ला सीमाको कारण मानसिक सन्तुलन ठीक नभएका कतिपय मान्छे मधेशको भूमिमा आइपुग्ने र यतै विभिन्न कारणले मृत्यु हुने गरेको बताउँछन् । त्यस्तै देशकै एक ठाउँबाट अर्को ठाउँमा बरालिदै हिड्ने मागिखाने तथा मानसिक सन्तुलन विग्रेका व्यक्तिको बिरामी, सडक दुर्घटना वा जाडोबाट कठ्यांग्रिएर मृत्यु हुनेको उनको तर्क छ ।

त्यति मात्र होइन वर्षाको बेला नदीहरुमा पहाडतिरबाट बगेर सडेगलेका शव आउने र पहिचान नखुल्ने गरेको प्रवक्ता एसपी महतोले बताए । हत्या घटनाका मृतक र अपराध पहिचान नहुनुले मधेशका भूमि असुरक्षित बन्दै गएको मानिन्छ । हत्या गर्नु र कुनै क्लु पत्तो नलाग्नु प्रहरीको भूमिका तथा शान्ति सुरक्षाप्रति प्रश्न चिन्ह बनेको छ मधेशमा । मधेशमा यस बाहेक मृतकको सनाखत भएको हत्या घटना चालु आर्थिक वर्ष २०८०।०८१ को साउन यता झण्डै चार दर्जन भएको छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब