‘फाइटर’को ‘इश्क जैसा कुछ’ गीतमा ऋतिक र दीपिकाको रोमान्टिक अवतार

  • पुस ७, २०८० | ३३८ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । अभिनेता ऋतिक रोशन र दीपिका पादुकोण अभिनित फिल्म ‘फाइटर’को दोस्रो गीत रिलिज गरिएको छ । ‘इश्क जैसा कुछ’ बोलको गीतमा ऋतिक र दीपिका ग्ल्यामरस लुक्समा देखिएका छन् । समुन्द्रको किनारमा खिचिएको गीतमा दुवै कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

गीतमा संगीत विशाल शेखरले दिएका हुन् । शेखरको अलवा शिल्पा रावको पनि स्वर गीतमा छ । ‘फाइटर’ भारतको पहिलो हवाई एक्सन फिल्म बताइएको छ । गीत सार्वजनिक भएलगतै विभिन्न प्रतिक्रिया मिलिरहेको छ । एक युजर्सले डान्सका किङ र ब्युटी क्वीन एकसाथ भनेर कमेन्ट गरेका छन् ।

अर्का एक युर्जसले वा भन्दै गीतको तारिफ गरेका छन् । उनले बलिउड फिल्मको गीतमा यस्तो सुहाउँदो केमेस्ट्री अहिलेसम्म नदेखेको समेत लेखेका छन् । कतिपयले ऋतिकको नृत्यको समेत तारिफ गरेका छन् ।

फिल्मको केही अगाडि टिजर सार्वजनिक भएको थियो । जसमा ऋतिक, दीपिका र अनिल कपुर एयर फोर्स अफिसरको रूपमा देखिएका थिए ।  सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म २५ जनवरीमा रिलिज हुनेछ । फिल्म मार्फत पहिलो पटक ऋतिक र दीपिका एकसाथ देखिन लागेका हुन् । फिल्ममा करण सिंह ग्रोवर र अक्षय रोबरायको पनि मुख्य भूमिका छ ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब