सिरहामा भेटायो पराल हालेर जलाएको युवकको लास

  • पुस १३, २०८० | ५५२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  सिरहामा पराल हालेर जलाएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ स्थित गागन खोला जलाएको अधकल्चे अवस्थामा अन्दाजी २५ र २६ वर्षीय युवकको शव फेला परेको हो ।

शव रहेको वरपर रगतको टाटा समेत देखिएकाले हत्या गरेर परालले पोलेको हुन सकने वडा अध्यक्ष भगलु महतोले जानकारी दिए। उनले शव रहेको वरपर रगतको टाटाहरु देखिएकोले कसैले मारेरै पराले छोपेर आगो लगाएको हुन सक्ने बताए।

सिरहाका प्रहरी उपरीक्षक टेकुइवा लिम्बुका अनुसार आज शुक्रबार बिहान ११ बजेतिर स्थानीयबासिन्दाले अर्धकल्चो जलेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पराल झारपातले शव जलाउन खेजिएको जस्तो देखिएको एसपी लिम्बुले बताए ।

मृतकको पहिचान खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ ।

घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर हतारहतार जलाउने खोजेको जस्तो देखिएको प्रहरीको भनाइ छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको एसपी लिम्बुले बताए ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब