सिरहामा सशस्त्र प्रहरी बलद्धारा १६ किलो गाँजासहित मोटरसाईकल बरामद

  • पुस १३, २०८० | ५५४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सशस्त्र प्रहरी बल सिरहाले १६ किलो लागुऔषध गाँजासहित मोटरसाईकल बरामद गरी कारवाहीको लागि बुझाएको छ । 

सशस्त्र प्रहरी बल सिरहाले लागुऔषध गाँजा लिएर भारततर्फ जाँदै गरेको सूचना पाएपछि गएको गस्ती टोलीले १६ किलो गाँजासहित मोटरसाईकल बरामद गरेको हो । 

गत मँगलबार राती करिब ८ः३० बजेको समयमा सिरहाको औरही गाउँपालिका वडा नं. ५ दोनबारीस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त परिमाणको गाँजा बरामद गरेको हो । 

प्रहरीको टोलीलाई देखेपछि गाँजा तस्करले प्रदेश २–०१–००२ प ४४५९ नम्बरको मोटरसाईकल छाडेर भागेको जनाईएको छ । मोटरसाईकल छाडी व्यक्ति फरार भएको हुँदा उक्त गाँजा र मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी नेपाल प्रहरीलाई बुझाईएको हो । 

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब