नयाँ शैलीमा गाँजाको तस्करी

  • पुस २२, २०८० | ३२८ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी प्रहरीले बालुवा बोक्ने टिपरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–७ कल्याणपुरस्थित गोप्य सूचनाको आधारमा प्रहरीले वालुवा बोक्ने टिपरलाई चेकजाँच गर्दा १ हजार ६ किलो गाँजा बरामद गरेको छ । वालुवा गिट्टी बोक्ने को.१ ख. ५८३१ नम्बरको आइचर टिपर गाडीलाई रोकेर चेकजाँच गर्दा बालुवा भित्र २८ वटा बोरामा लुकाइ राखिएको अवस्थामा १ हजार ६ किलो गाँजा बरामद भएको सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

यस अघि प्रदेश प्रहरीले एम्बुलेन्स, पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्रयंकरबाट पनि भारी मात्रमा तस्करीका गाँजा बरामद गरेका थिए ।

मधेश प्रदेश प्रहरीका अनुसार चालु आर्थिक वर्षको मंसिर सम्ममा प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानबाट गाँजा २ हजार ६ सय ४१ किलो, ब्राउन सुगर ५ सय ४३ ग्राम, चरेस ४७ किलो ८ सय ग्राम, हिरोईन ८९ ग्राम र लागू औषधामा प्रयोग गरिने ट्याबलेट १७ हजार २ सय ३९ बरामद भएको छ । गाँजा तस्करीसहितका लागू औषध कारोबारमा ४ सय ३७ जना पक्राउ परेको र ३ सय ८ वटा मुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा मधेश प्रहरीले २ हजार ८ सय ४ किलो, १९ हजार ३ सय ३५ ग्राम ८ सय १० मिलिग्राम गाँजा बरामद गरेको थियो ।

यसमा संलग्न १ हजार ३२ जना पक्राउ परेका थिए भने ७ सय ४७ वटा मुद्दा दर्ता भएको थियो ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब