सिरहा नगर स्तरीय फूटवल प्रतियोगिता : दुई चरणको क्वाटर फाइनल खेलमा राजा सलहेश र महिसोथा विजयी

  • पुस २७, २०८० | ५१७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २६ पौष । "नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान" नारा साथ सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा संचालित नगर स्तरीय फूटबल प्रतियोगिताको  सातौँ दिन शुक्रवार दुई चरणको क्वटर फाइनल खेलमा वडा नं. ७ र वडा नं. ८  विजयी भएका छन् । 
पहिलो चरणको क्वाटर फाइनल वडा न. ७ राजा सलहेश र  वडा नं.  २२ हकपारा बिच भएका थिए । उक्त खेलमा राजा सलहेशले हकपारालाई  ४–२ गोलको अन्तरले हराउँदै विजय भई सेमी  फाइनलमा प्रवेश पाएको छ । खेलको म्यान अफ द म्याच वडा नं. ७ को जर्सी नं. १० को खेलाडी राजा मेस्तर भएको छ ।

त्यसैगरी दोस्रो चरणको खेल वडा नं. ८ महिसोथा र वडा न. ३ मखनाहा बिच भएका थिए। उक्त खेलमा महिसोथाले मखनाहालाई  ७–0 गोलका अन्तरले हराउँदै विजय भएको छ । खेलको म्यान अफ द म्याचको पुरस्कार महिसोथाको जर्सी नं.  ११ को खेलाडी रामबाबु दासलाई सीमा सन्देश दैनिकका प्रधान सम्पादक बैधनाथ कुमार यादब र सिरहा नगरपालिका लेखा प्रमुख  राजदेव यादबका  हातबाट वितरण गरेका छन् ।

भोली शनिवारको सेमी फाइनल खेल वडा नं. ७ राजा सलहेश र  वडा नं. ११ भलुवाही बिच हुने सलहेश क्लवका अध्यक्ष राजिप यादबले बताए । 

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब