सखुवानन्कारकट्टीमा कुलहारी प्रहारबाट देवर द्वारा भाउजुको हत्या

  • माघ १०, २०८० | ५७९ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा गाउँमा बस्ने अन्दाजी बर्ष २८ को मजेबुल रहमान(छुतहर) को काइलो छोरा मो० जियाउल राइनले आज बिहान करीब १० बजे आफ्नै जेठी भाउजु अन्दाजी बर्ष ३२ की तन्जीला खातुनलाई कुलहारी प्रहार गरी गम्भिर घाइते बनाएको र वडाअध्यक्ष रमेश कुमार यादव, पत्रकार रहमुलको पहलमा खातुनलाई तत्काल एम्बुलेन्स मार्फत लहान अस्पताल पुर्याएको थियो। गम्भिर घाइते खातुनको अस्पताल पुग्दापुग्दै मृत्यु भएको स्थानीय र परिवारजनले जनाएका छन।

कुल्हारी प्रहार गरेको स्थानीय छिमेकीहरुले देख्दा खातुनलाई बचाउन टाढा बाट दौडदा जियाउल त्यहाँ बाट भागेको थियो। त्यही बखत वाडा अध्यक्ष रमेश कुमार यादव गाउँका केहि बुद्धिजीवी सहित पत्रकार रहमुलको घरमा भएको पारिवारिक बादबिबाद मिलाउन पत्रकारको दर्वाजामा बसेको थियो।

घटनाको खवर सुन्ने बितिकै वडाअध्यक्ष सहित सबै जना गाउले घटना स्थल पुग्दा जियाउल नदेखे पछि अध्यक्ष यादवको पहलामा गाउँका युवाहरु र महेशवारी प्रहरीको सहयोगमा निज ज्याउललाई सप्तरीको थलहा टिकुलिया बाट पक्राउ गरी इलाका प्रहरी कार्यालय महेसवारी हुदै लहान प्रहरीमा जिम्मा लगाइएको छ भने शवलाई पोस्ट मार्डम गरी निज मृतकको घरमा राखिएको छ। खातुनको श्रीमान सलिम राइन बैदेशिक रोजगारीको शिलशिलामा बिगत लामो समय देखि खाडी मुलुक कुवेतमा बस्दै आएका छन र भोलि पत्नीको अन्तिम संस्कार गर्न घरआउदैछन। खातुनको ७ बर्षको एउटा छोरा र ५ बर्षकी एउटी छोरी छिन।

देवर जियाउलको बारेमा भन्नु पर्दा उ सानै देखि उदण्द स्वभावको नशामा धुर्त रहने र गाउँ टोल बस्तिको किशोर र युवाहरूलाई लतमा फसाउने माहिर ब्यक्तिको रुपमा चिनिन्थ्यो। हुन त जियाउलको हत्या गर्ने प्यास पहिलो होइन उ पटकपटक घरका अरु अरु सदस्यहरुलाई ज्यान मार्ने प्रयास पनि गरेका थिए। उसको कारण अहिले धेरै किशोर र युवा लतमा फसेर समाजमा अनेक बिकृति फैलाइ सकेका छन। निज जियाउल परिवार र समाज बाट बहिस्कृत ब्यक्ति थिए र आज उ आफ्नै खराब गतिविधिका कारण हत्या केशमा कानुनको चपेटामा परेका छन।

जियाउलको कारण आज उसको घरमा बज्रपात भएको छ। मृतक खातुनको दुई छोराछोरी मात्रै टुहुरो बनेको छैन बल्की उसको पत्नी एउटा १४ दिनको छोरा समेत बेसहारा बनेका छन। र यी सब फसादको जड हो ड्रग्स जसको कारण आज एक जनाको गल्तीले दुईवटा घरपरिवार बर्बाद भएको छ। आमाबुवाको निगरानी बाट बाहिर रहेको सन्तानले आज यस्तो भयानक घटना घटाएको छ।

यो त एउटा उदाहरण मात्र हो जबकी यस्ता कयौ जियाउल यही समाजमा तैयार भएर घटना घटाउन तैयारीमा बसेको छ। हालको समुदायको अबस्था हेर्दा लगभग ७५% किशोर युवा लतमा फसेर अनेक बिकृति फैलाउदैछ्न। हरेक घरपरिवार हैरान परेसान छन तर सरकारहरु कानमा तेल हालेर सुतेका छन अनि कसरी बच्छन युवा कसले बनाउने हो देश ठुलो चिन्ताको बिषय बन्दै गैरहेको छ।

ड्रगिस्टहरुको कारण त अहिले फाट्टफुट्ट घटना घट्दैछन तर यसको जमात बढिरहेको क्रमलाई तत्काल ब्रेक नलगाए भविष्यमा हाम्रो समाज कता जाने हो अनुमान लगाउन गार्हो छ। यस प्रति तिनै तहको सरकार जाग्न जरुरी छ। लागुऔषध नियन्त्रण अभियान संचालन गरी टोल, बस्ती, समुदाय एकै चोटी उठ्न जरुरी छ अनि मात्र यो समुदायमा अमन चयन कायम रहन्छ नत्र समाज र देश कता जाने हो ठिकान छैन।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब