मधेश प्रदेशमा ९ हजार प्रहरी समायोजन हुने

  • माघ १५, २०८० | ४६१ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश प्रदेशमा ९ हजार १ सय ५२ जना प्रहरी समायोजन हुने मधेश प्रदेशका मृहमन्त्री मो.समिमले बताएका छन् । प्रदेशमा कति प्रहरी समायोजन हुने विषयमा प्रहरी समायोजन ऐनमा नै त्यसको टुंगो लागि सकेको र सो अनुसार मधेश प्रदेशका सो संख्यामा प्रहरी समायोजन हुने उनले बताए ।

चार वर्ष अघि आएको प्रहरी समायोजन ऐन अनुसारमा प्रदेशमा ५४ हजार ७ सय २० प्रहरी प्रदेशमा समायोजन हुने उल्लेख छ । संघीय सरकारको गृह मन्त्रालय मातहत २४ हजार ८ सय २१ प्रहरी रहने छ । उक्त ऐन अनुसार कोशी प्रदेशमा १० हजार ७ सय १७, मधेशमा ९ हजार १ सय ५२, बागमतीमा ७ हजार ३ सय चार, गण्डकीमा ६ हजार ७ सय ४५, लुम्बिनीमा ९ हजार ४ सय ४३, कर्णालीमा ५ हजार ४ सय ५८ र सुदूरपश्चिममा ५ हजार ९ सय १ प्रहरीको दरबन्दी कायम गरिएको छ ।

त्यसैगरि, प्रदेशको प्रहरी प्रमुखमा डिआईजी रहने छन् । प्रदेशमा डिएसपीदेखि समायोजन हुने छ । त्यसैगरि, प्रदेश प्रहरी कार्यालयमा दुई जना वरिष्ठ प्रहरी उपरीक्षक र एक जना प्रदेश प्रहरी तालिम केन्द्रमा वरिष्ठ प्रहरी उपरीक्षकको व्यवस्था गरिएको छ ।

संघिय सरकारले माघ महिनाभित्रै प्रहरी समायोजन प्रक्रिया अगाडी बढाउने तयारी गरेको छ । जसलाई मध्येनजर गर्दै काठमान्डुमा सात वैट प्रदेशका गृह, अन्तरिक मामिला तथा कानुन मन्त्रीसँगक शनिवार र आईतवार दुई दिने बैठक सम्पन्न भएको छ ।

IMG-20240128-WA0032

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब