आज शहीद दिवस, राष्ट्रिय पर्वका रुपमा मनाइँदै : सार्वजनिक बिदा छैन

  • माघ १६, २०८० | ५२७ पटक पढिएको | सीमा संदेश
alt

 आज शहीद दिवस मनाइँदै छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ।

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन त्याग गरेका शहीदको सम्झनामा देशभर कार्यक्रम गर्ने गरिन्छ । आजको दिन शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ तथा प्रजातान्त्रिक आन्दोलनका अरू शहीदको योगदानलाई स्मरण गर्ने गरिन्छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका रुपमा मनाउने गरिन्छ।

राणा शासनको विरोध गर्दा १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेकाे पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

यस वर्ष आज शहीद दिवसको दिन सार्वजनिक बिदा नहुने तर राष्ट्रिय पर्वका रूपमा मनाउने गृह मन्त्रालयले जनाएको छ । सरकारले सार्वजनिक बिदा दिन यसअघि गरेको निर्णय अर्को वर्ष २०८१ सालदेखि लागू हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

गएको पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद दिवस र रामनवमी गरी २ दिन सार्वजनिक बिदा थप्ने निर्णय गरेको थियो । शहीद दिवसको अवसरमा आज बिहान काठमाण्डौको शान्तिबाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम हुँदैछ । शहीदलाई सम्झेर कार्यक्रम हुँदै आए पनि उनीहरुका सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो छ ।

जिम्मेवार निकाय र अधिकारीहरु शहीदको सपना पूरा गर्न लागिपरेको निरन्तर बताउने गरेका छन् । तर मापदण्ड र स्पष्ट परिभाषा नगरि शहीद घोषणा गर्ने कामको टीकाटिप्पणी हुने गरेको छ । नेपालका पहिलो शहीद लखन थापालाई मानिन्छ ।  

यसैबीच राष्ट्रपति, प्रधानमन्त्रीलगायतले दिवसको अवसरमा शुभकामना व्यक्त गरी शहीदले देखेका सपना र लिएको अठोटलाई पूरा गर्न सबैले सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ । 

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब