सिरहा । “नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान“ नारा साथ शुक्रवारबाट संचालन नभएको सिरहा नगरपालिका नगर स्तरीय T-20 क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १५ सुखचैना विजयी भएको छ ।
खेलको टस जितेर वडा नं. १२ सारस्वरले फिल्डिंग रोजेको थियो । बलेबाजि रोजेको सुखचैनाले ८ विकेटको क्षतिमा १ सय ४८ रनको टारगेट दिईएको थियो । सुखचैनको सबभन्द बढी रन चन्दन यादबले ४४ रनको योगदान दिइएका थिए । सारस्वरको बलर राजनले सुखचैनाका २ विकेट लिएका थिए ।
जवाफी व्याटिंगमा सारस्वरले सबै विकेटको क्षतीमा कुल १ सय ३ रन बनाई पराजित भएको थियो । खेलमा सबभन्दा बढि रन नुर अहमदले ३२ रनको योगदान गरेका थिए । सारस्वरका ४ विकेट सुखचैनका चन्दन यादबले लिएका थिए ।
खेलको म्यान अफ द म्याच सुखचैनाको खेलाडी चन्दन यादब भएका छन् । सुखचैना सेमी फाइनलमा प्रवेश गरका छन् ।
प्रतियोगिताको उद्घाटन सिरहा नगरपालिकाको मेयर डा. नवीन कुमार यादबले व्यटिंग गरी गरका छन् । नगरपालिका २२ वडाका टिम प्रतियोगितामा भाग लिइएको प्रतियोगिताका व्यवस्थापनक विक्ल विष्टले जानकारी दिनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved