जनकपुरमा विमर्श : विदेश जाँदै मधेस

  • माघ २२, २०८० | २९९ पटक पढिएको | सीमा संदेश
alt

 बिहीबारदेखि जनकपुरधाम जारी जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन आज विभिन्न चारवटा विषयमा विमर्श गरिएको छ ।  पाँच दिवसीय यो महोत्सवमा आज विदेश जाँदै मधेस, मिथिला चित्रकलामा समकालीनता, भाषाको सीमा र अनुवाद, लालित्य र लोकसरोकार भन्ने विषयमाथि छुट्टाछुट्टै सत्रमा विमर्श भएका महोत्सव आयोजक मिथिला विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए । 

त्यसैगरी दुईवटा नाटक प्रदर्शन र प्रतिष्ठित स्थानीय तथा अन्य क्षेत्रबाट आएका कलाकर्मीहरुबाट नाटक, साङ्गीतिक प्रस्तुतिलगायत कार्यक्रम पनि भएका अध्यक्ष चौधरीले बताए ।  यस क्रममा ‘विदेश जाइत मधेस (विदेश जाँदै मधेस)’ शीर्षकमाथिको विमर्शका वक्ताहरुले मधेसजस्तो उर्बर तथा समथर भूमिमा रोजगारीका अवसर सृजना गर्ननसक्दा युवा दिनप्रतिदिन विदेश पलायन हुनथालेकोमा गम्भीर चिन्ता व्यक्त गरे । 

कार्यक्रममा राजनीतिज्ञ बृखेशचन्द्र लालले भोको पटले देश विकासमा योगदान गर्ननसक्ने भन्दै त्यसैकारण आम युवाहरू सस्तोमा श्रम बेच्न विदेश पलायन हुन बाध्य भएको बताए । देश बनाउने बेला युवा जनशक्ति विदेशीनुलाई नयाँ संस्करणको पराधिनताको संज्ञा दिँदै उनले त्यसरी विदेशीने युवामध्ये २८ दशमलव ६८ प्रतिशत युवा मधेशको हुनुले भयावह स्थितिलाई देखाइरहेको टिप्पणी गरे ।

यसैगरी, डा.सूर्यनाथ मिश्रले देशमा रहेका सम्भावनाका क्षेत्रमा राज्यको योजनाबद्ध लगानी नहुँदा रोजगारी सिर्जना हुननसकेको र त्यसको मारमा सबैभन्दा बढी आर्थिकरूपमा विपन्न वर्ग परेको बताए । उनले सस्तो श्रमका लागि विदेशीने बहुसङ्ख्यक विपन्न जनतालाई लक्षित गरी राज्यले समयमै रोजगारीको अवसर सिर्जनामा लाग्नुपर्नेमा जोड दिए ।

त्यसैगरी २७ वर्ष कतारमा काम गरेर फर्किनुभएका मोहरम नद्दाफ नेपालको राजनीतिक नेतृत्वमा देश बनाउने सोच र योजना नहुँदा युवाहरु विदेश जान बाध्य भएको बताए । उनले तालिम र सीपको अभावमा विदेश जाने युवाहरूले जोखिमपूर्ण अवस्थामा काम गरिरहेका विषयमा बारम्बार कुरा उठ्दा पनि राज्यले लगानी गर्न नसक्नु झनै दुःखद भएको बताए ।

कार्यक्रमका वक्ताहरु डा.सोहन साह, कौशल्य कुस्वाहा, संजोग देव, देवेन्द्र भट्टराई, परमेश मण्डलले देशको अर्थतन्त्रको ठूलो हिस्सा विप्रेषणबाट चलिरहेका पनि त्यसबाट वैदेशिक रोजगारमा गएका परिवारले लाभ पाउने गरी योजना बनाउन जरुरी रहेको धारणा राखे । 

‘मिथिला चित्रकलामे समकालिनता’ शीर्षकको विमर्शमा वरिष्ठ चित्रकार एस।सी सुमन, उमाशङ्कर साह, श्यामसुन्दर यादव, पद्मश्री दुलारी देवी, श्रीमती कल्पजा सिंह, विजयदत्त मणिले मिथिला चित्रकलाको व्यावसायिक विकासका लागि तीनै तहका सरकारले लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । 

भाषाको सीमा र अनुवाद सत्रमा भारतबाट आएका भाषाविद्हरु अशोक, डा.निक्की प्रियदर्शिनी, भाष्करानन्द भाष्कर, प्रदिप विहारी, ललित झा, शिवशंकर श्रीनिवासले भाग लिए ।

मैथिली संस्कृति : लालित्य र लोकसरोकार सत्रमा डा.महेन्द्रनरायण राम, परमेश्वर कापरी, अजित आजाद, रूपा झा, प्रवीणनारायण चौधरीले मैथिली कला संस्कृतिका विविध पक्षमा बृहंगम छलफल गरे ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब