मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’बाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी प्रतिस्पर्धाबाट बाहिरिएकी हुन्।
नेपाली चेली मेनुका पौडेल शोको उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले सामाजिक संजालमा आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जानकारी गराएकी छन् ।
उनले आफ्नो स्टाटसमा ईन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिनु आफ्नो समाप्ती नभई सुरुवात भएको जनाएकी छन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved