सिरहा नगर स्तरीय T-20 क्रिकेट : पहिलो र दोस्रो खेलमा पटेर्वा र खिरौना विजयी

  • माघ २२, २०८० | ४५५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २२ माघ । सिरहा क्याम्पसको खेल मैदानमा जारी सिरहा नगर स्तरीय T-20 क्रिकेट प्रतियोगिताको दोस्रो दिन आइतवार भएको पहिलो र दोस्रो चरणको खेलमा पटेर्वा र खिरौना विजयी भएका छन् । 

पहिलो चरणको खेलमा  वडा नं. ६ बसबिट्टा र वडा नं. १७ पटेर्वा बिच भएका थिए । पटेर्वाले टस जिति ब्याटिंग गरको थियो । २० ओभरमा ६ बिकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार गरी टागेट दिइएका थिए ।

सार्वधिक रनको योगफल तयार गर्न पटेर्वा टिमका खेलाडी जायराम मुखियाले २० बलमा २१ रन नट आउट, सुरज पासान २८ बल्लमा १८ रन  स्टम्प आउट र आकाश कुमार यादब ७ बलमा १३ रन जोडी स्टम्प आउट भएका थिए ।

यता बसबिटा टिमबाट ४ ओभर राज कुमार मण्डलले १८ रन दिई ३ बिकेट र रमेश यादबले ३ ओभरमा १४ रन दिई २ बिकेट लिइएका थिए ।

जवाफी व्याटिंगमा बसबिट्टाले सबै बिकेटको क्षतिमा १ सय ९ रनको योगफल बनाए । सार्वधिक रन ओमप्रकाश मण्डलले २० बल १९ रन, राज कुमार मण्डलले २५ बलमा १६ रन रोशन १२ बलमा ८ रन बनाउन सफल भएका थिए । 

बलिंग तर्फ पटेर्वाका संजिव कुमार सिँहले २ ओभरमा ४ विकेट र राजन साहले ४ ओभरमा २ बिकेट लिएका थिए । पटेवाृले ३ रनको योगफलले विजयी भएको छ । खेलको म्यान अफ द म्याच पटेर्वाका संजिव कुमार सिँह भएको छ ।

दोस्रो चरणको खेलमा  वडा नं. ५ बरेरवा र खिरौना बिच भएका थिए । टस जितेर खिरौना व्यटिंग रोजेको थियो ।  १३ ओभरका खेलमा ५ बिकेटको क्षतिमा ९५ रनको योगफल तयार गरी टारगेट गरको थियो । 

सर्वाधिक रन देव नारायण मण्डलले २० बलमा ३३ रन र इमताज राईन १९ बलमा २३ रन बनाएका थिए ।

यता बलिंग तर्फ बरेरवाको खेलाडी मो.सदामले ३ ओभरमा २ विकेट र मो. असरदले ३ ओभरमा २ विकोट लिाएका थिए ।

जवाफि व्यटिंगमा बरेरवाका सर्वाधिक रन मो. सदाम १५ बलमा १४ रन, निर यादब ७ बलमा ७ रन बनाएका थिए । 

बलिंग तर्फ खिरौनाका  बलर आजाद राईन ३ ओभरमा ५ बिकेट, सुनिल मण्डलले ३ ओभरमा ३ बिकेट लिएका थिए ।  वडा नं. १४ खिरौनाले ३६ रनका अन्तरले विजयी भएको  छन् । खेलका म्यान अफ द म्याच आजाद राईन भएका छन्  ।

आज सोमवारको पहिलो चरणको खेल वडा नं. २२ हकपारा र वडा नं. ९ ठेगंही बिच हुनेछ र दोस्रो चरणको खेल वडा नं. १ सिरहा र वडा नं. ३ मखनाहा बिच हुने कार्यक्रमको संयोजक विक्रम कुमार साहले बताए ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब