सिरहा नगर स्तरीय T-20 क्रिकेट : पहिलो र दोस्रो खेलमा हकपारा र मखनाहा विजयी

  • माघ २३, २०८० | ६३३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २३ माघ । सिरहा नगर स्तरीय T-20 क्रिकेट प्रतियोगिताको तेस्रो दिन सोमवार भएको दुई खेल चरणको खेलमा हकपारा र मखनाहा विजयी भएका छन् । पहिलो खेलमा वडा नं. ९ ठेगंहीसँग टस जितेर व्यटिंग रोजेको वडा नं. २२ हकपाराले ६ बिकेट क्षतिमा १ सय २९ रनका योगफल तयार गरेका थिए । हकपारा टिममा सर्वाधिक रन महेश यादबले ३७, रमेश यादब १८ र सुजित शर्मा १४ बनाएका थिए ।

यता ठेगंहिका बल अभास यादबले ३ ओभरमा ३ बिकेट, प्रविण यादब ३ ओभरमा २ बिकेट र मन्जय यादब ३ ओभरमा १ बिकेट लिन सफल भएका थिए । जवाफि व्यटिंगमा ठेगंहिले १० बिकेटको क्षतिमा  ८३ रन बनाएका थिए । ठेगंहिबाट सर्वाधिक रन अमित यादब १३, सुजित यादब १३ र भरोस यादब ९ बनाएका थिए ।

बलिंग तर्फ हकपारा टिमका बल सुनिल यादब ३ ओभरमा ३ बिकेट र १२ ओभरमा ३ बिकेट लिइएका थिए । खेलको म्यान अफ द म्याच सुनिल यादब भएका छन् ।

दोस्रो खेलमा वडा नंं ३ मखनाहाले टस जितेर व्यटिगं रोजी २० ओभरको खेलमा ५ बिकेटको क्षतिमा १ सय ८ रनका योगफल बनाएका थिए । व्यटिंगमा सर्वाधिक रन मन्तोष मंडलले २२, सुभाष मंडल १९ र सुनिल मंडल १९ बनाएका थिए ।

वडा नंं १ सिरहाले बलिगं तर्फ रितिक यादब ४ ओभरमा २ बिकेट, शम्भु पासमानले  ४ ओभरमा १ बिकेट, बबलु मेस्तर  ४ ओभरमा १ बिकेट लिइएका थिए ।

जवाफी व्यटिंगमा सिरहाले ढ बिकेटको क्षतिमा १ सय ६ रन बनाएका थिए । व्यटिंग तर्फ सर्वाधिक रन शम्भु पासमान ३९, श्याम दास २२ र अनिष यादब ४ बनाएका थिए । 
मखानहाले बलिंग तर्फ सुनिल मंडल  ४ ओभरमा ४ बिकेट, अभिमन्यु ४ ओभरमा २ बिकेट र सुभाषले ४ ओभभरमा १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच  सुनिल मंडल भएका  छन् ।

आज मंगलवारको खेल पहिलो चरणमा वडा नं. १३ गम्हरीया र वडा नं. ११ भलुवाही बिच हुने छ । दोस्रो चरणको खेल वडा नं. ८ महिसोथ र वडा नं. १८ लक्ष्मीनिया बिच हुने छ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब