सिरहा, २४ माघ । सिरहा नगर स्तरीय T-20 किक्रेट प्रतियोगिताको चौथो दिन मंगलवारको खेलमा भलुवाही र महिसोथा विजयी भएका छन् । पहिलो चरणको खेलम टस जितेको वडा नं. ११ भलुवाहीले बलिंग रोजेको थियो ।
व्यटिंगमा उत्रेको वडा नं. १३ गम्हरीयाले १२ ओभरको खेलमा ७ विकेटको क्षतिमा ७५ रन बनाएका थिए । सर्वाधिक रन सिकेन्द्र यादब २१, पप्पु कुमार यादब १७ र अबदुल राईनले ११ बनाएका थिए ।
बलिंग तर्फ भलुवाहीका राकेश कामती ३ ओभरमा ३ बिकेट, आन्नद महरा ३ ओभरमा १ बिकेट र सोमन्थ कामती २ ओभरमा १ बिकेट लिएका थिए ।
जवाफी व्यटिंगमा भलुवाहीले १० ओभर ३ बोल र ४ बिकेटको क्षतिमा ७७ रन बनाई विजयी भएको थियो । सर्वाधिक रन राकेश कामती २५, सन्तोष कामती ८ र अस्मित कामती ६ बनाएका थिए ।
बलिंग तर्फ गम्हरीयाका सिकेन्द्र यादब २ ओभरमा २ बिकेट, दिनेश ठाकुर २ ओभरमा १ बिकेट र राजेन्द्र यादबले ३ ओभरमा कुनै बिकेट लिन सकेनन् । खेलको म्यान अफ द म्याच राकेश कामती भएका छन्।
दोस्रो खेलमा वडा नं. १८ लक्षमिनियाँ ले टस जिति व्यटिंग रोजको र वडा नं. ८ महिसोथाले बलिंग रोजेका थिए । व्यटिगंमा उत्रेको लक्षमिनियाँेले २० ओभरको खेलमा १० बिकेटको क्षतिमा १ सय १५ रन बनाएका थिए । खेलमा सर्वाधिक रन प्रभात मंडल ५०, विजय यादब १६ र राहुल यादब ६ बनाएका थिए ।
बलिंग तर्फ महिसोथाका नवीन कुसियत ३ ओभरमा ३ बिकेट, मुकेश कुसियत ४ ओभरमा २ बिकेट र सुभाष कुसियत ४ ओभरमा कुने विकेट लिन सकेनन् ।
जवाफी व्यटिंगमा महिसोथाले १२ ओभरमा ४ बिकेटको क्षतिमा १ सय १८ रन बनाई विजयी भएको थियो । व्यटिंमा सर्वाधिक रन मुवारक आलम ४०, सुभेष कुसियत १६ र सुरेश हजरा १७ बनाएका थिए ।
बलिंग तर्फ लक्षमिनियाँका कन्या राय ४ ओभरमा ३ बिकेट र ब्रहम यादब ३ ओभरमा १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच मुवारक आलम भएका छन्।
आज बुधवार पहिलो चरणको खेलमा वडा नंं १९ सन्हैठा र वडा नं. १६ मडर बिच हुनेछ र दोस्रो चरणको खेल वडा नं. १० नरहिया र वडा नं. ४ रमौल बिच हुने छ । खेल बिहान ९ बजे देखि हुने कार्यक्रम संयोजक विक्रम साहले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved