सिरहा, २५ माघ । सिरहा नगरपालिका नगर स्तरीय T-20 क्रिकेट प्रतियोगिताको पाँचौ दिन बुधवारको पहिलो र दोस्रो चरणको खेलमा माडर र रमौल विजयी भएका छन् ।
पहिलो खेलमा टस जितेर व्यटिंग गरको माडरले १७ ओभरमा ५ बिकेटको क्षतिमा १ सय १० रन बनाएका थिए । व्यटिंग तर्फ ओसिम शेख २३, राजन पासमान २१ र सभसुदन १० रन बनाएका थिए । बलिंग तफृ सन्हैठाका खेलाडी सुलेन्द्र ४ ओभरमा २ बिकेट र सरोज यादब ३ ओभरमा १ बिकेट लिन सफल भएका थिए ।
जवाफि व्यटिंगमा सन्हैठाले ६ बिकेटका क्षतिमा ९२ रन बनाएका थिए । सर्वाधिक रन सरोज यादब ३३ र अनिल यादब २५ लिएका थिए ।बलिंग तर्फ माडरका खेलाडी लालबाबु राउत ३ ओभरमा ३ बिकेट, शिव सुन्दर ४ ओभरमा २ बिकेट र शिव पुजन साह ४ ओभरमा १ बिकेत लिएका थिए । खेलको म्यान अफ द याच लालबाबु राउत भएका छन् ।
दोस्रो खेलमो टस हारेर व्यटिग रोजेको रमौलले २० ओभरमा ६ बिकेटका क्षतिमा १ सय ८० रन बनाएका थिए । सार्वधिक रन एम.डि. अरमान ७६, सदाम २८ र फते सिद्धिकी १९ बनाएका थिए । बलिंग तर्फ नरहियाका खेलाडी रामधार ४ ओभरमा १ बिकेट, अरान २ओभरमा १ बिकेट र रामकृपाल ४ ओभरमा १ बिकेट लिएका थिए।
जवाफी व्यटिंगमा नरहियाले ११ ओभर ५ बोलमा १० बिकेटको क्षतिमा ५८ रन बनाएको थिए । सर्वाधिक रन जय मंडल १२ रअरमान ६ रन बनाएका थिए । बलिंग तर्फ रमौलका खेलाडी कमरुदिन ३ ओभर ५ बोलमा ४ बिकेट, सदाम २ ओभरमा ३ बिकेट र फते सिद्धिकी ३ ओभरमा २ बिकेट लिइएका थिए । खेलको म्यान अफ द म्याच मो. अरमान भएका छन् ।
आज बिहीवार वडा नं. २ सिरहा र वडा नं.२१ लगडिमोठ र दोस्रो चरनमा वडा नं. २० लगडिगढियानी र पटर्वा बिच हुने छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved