सिरहा, २८ माघ । सिरहाको सिरहा क्याम्पस मैदानमा जारी सिरहा नगर स्तरीय त्रिकेट प्रतियोगिताको शनिवारको क्वाटर फाइनल पहिलो र दोस्रो चरणको खेलमा हकपारा र रमौल विजयी भएका छन् ।
पहिलो चरणको खेलमा टस हारेर व्यटिंग रोजेको वडा नं. २२ हकपाराले २० ओभरको खेलमा ९ बिकेटको क्षतिमा १ सय ४० रन बनाउन सफल भएका थिए । खेलमा सर्वाधिक रन सुजित शर्मा ३९, बलराम २३ र रिसुराम १६ बनाएका थिए ।
बलिंग तर्फ भलुवाहीका आनन्द ४ ओभरमा ४ बिकेट, जितेन्द्र ४ ओभरमा २ बिकेट र राकेश ४ ओभरमा १ बिकेट लिएका थिए । जवाफी व्यटिंगमा वडा नं. ११ भलुवाहीले १० बिकेटका क्षतिमा १ सय ७ रन बनाउन सफल भएका थिए । खेलमा सर्वाधिक रन संतोष कामती ४२, जितेन्द्र कामती १० र आनन्द महरा ९ बनाएका थिए ।
बलिंग तर्फ हकपाराका सुनिल यादब ४ ओभरमा ६ बिकेट, प्रमेस यादब ४ ओभरमा २ बिकेट र रमेश यादब ३ ओभरमा १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सुनिल यादब भएका छन ।
दोस्रो चरणको खेलमा टस जितेर व्यटिंग रोजेको वडा नं. ४ रमौलले २० ओभरमा ४ बिकेटका क्षतिमा १ सय ६० रन बनाउन सफल भएका थिए । खेलमा सर्वाधिक रन फरदिनले ४५, जिसनले ३७ र अनवरले ३२ बनाएका थिए ।
बलिंग तर्फ वडा नं. ८ महिसोथाका बिभषले ४ ओभरमा २ बिकेट, नवीनले ४ ओभरमा १ बिकेट र सुभाषले ४ ओभरमा १ बिकेट लिएका थिए । जवाफी व्यटिंगमा महिसोथले १२ ओभर ५ बलमा १० बिकेट गुमाउँदै ६३ रन बनाएका थिए । खेलमा सर्वाधिक रन मुबारकले १२ , सुरेशले ९ र बिभषले ९ बनाएका थिए ।
बलिंग तर्फ रमौलका गफुरले ३ ओभरमा ४ बिकेट, गुलजारले २ ओभरमा २ बिकेट र फरिदनिले २ ओभरमा १ बिकेट लिइएका थिए । खेलको म्यान अफ द म्याच गफुर भएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved